सोमवार, चैत्र १६, २०८२ | March 30, 2026

नेत्रज्योति दिवसका अवसरमा कीर्तिपुरमा निःशुल्क आँखा परिक्षण

नेत्रज्योति दिवसका अवसरमा कीर्तिपुरमा निःशुल्क आँखा परिक्षण

  • Naveen Sanchar

  • सोमवार, चैत्र १६, २०८२

  • 93
    Views
नेत्रज्योति दिवसका अवसरमा कीर्तिपुरमा निःशुल्क आँखा परिक्षण

१५ चैत, काठमाडौं । ४८ औँ नेत्रज्योति दिवसका अवसरमा निःशुल्क आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघ, काठमाडौं शाखाले कीर्तिपुर नगरपालिका वडा नं ७ संगको सहकार्यमा भाजंगाल शहरी स्वास्थ्य केन्द्र, कीर्तिपुरमा आईतबार निःशुल्क आँखा परिक्षण शिविर संचालन गरेको हो । शिविरमा १ सय ६८ जनाको निःशुल्क आँखा परिक्षण गरिएको जनाएको छ ।

नेपाल नेत्रज्योति संघ, काठमाडौं शाखाका सभापति हुकुम प्रसाद पोख्रेलका अनुसार उक्त शिविरमा मोतिबिन्दु देखिएका ८ जना बिरामीहरुको कीर्तिपुर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ । त्यस्तै उक्त शिविरमा ९८ जनालाई निःशुल्क चश्मा समेत वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं ७ वडाध्यक्ष दिवाकर अधिकारी, नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्र, कीर्तिपुर आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर डा. एरिक बैद्य लगाएको उपस्थिति थियो ।

प्रत्येक वर्ष चैत १३ गते नेपाल नेत्रज्योति सङ्घको स्थापना दिवसका अवसरमा नेत्रज्योति दिवस मनाइन्छ। यस विशेष दिनका अवसरमा नेपालमा आँखा स्वास्थ्य सेवाको विकास, अन्धोपन न्यूनीकरण तथा सर्वसाधारणलाई सर्वसुलभ, गुणस्तरीय र सहज आँखा उपचार सेवा विस्तारमा सङ्घले पुर्‍याएको योगदान स्मरण गर्दै आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै सुरक्षित दृष्टिका लागि सबै सरोकारवालालाई सहकार्य र सक्रिय सहभागिताका लागि प्रेरित गर्न विभिन्न कार्यक्रम आयोजना गरिन्छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha