बुधबार, चैत्र ११, २०८२ | March 25, 2026

भोली नेखु खोलामा चोभारको आनन्दादि लोकेश्वर स्नान मेला

भोली नेखु खोलामा चोभारको आनन्दादि लोकेश्वर स्नान मेला

  • Naveen Sanchar

  • बुधबार, चैत्र ११, २०८२

  • 110
    Views
भोली नेखु खोलामा चोभारको आनन्दादि लोकेश्वर स्नान मेला

चैत ११ काठमाडौं । कीर्तिपुर र ललितपुरको सिमानामा रहेको वागमती नदीको नख्खु दोभानमा भोली मेला लाग्दैछ । चैत १२ गते चौला शुक्ल अष्टमि तिथिका दिन बिहान विशेष साईतको समयमा चोभारको आदिनाथ (आनन्दादि लोकेश्वर)लाई स्नान गराउने वार्षिक मेला लाग्दैछ । स्थानीय भाषा नेपालभाषामा ‘द्यः लायेगु जात्रा, नेखुइ ख्वाः सिलेगु’ भनिने स्नान मेलामा उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरुको घुईंचो लाग्दछ । ‘थसि’ सानागाउ‘बाट नदीमा बगाएर ल्याएको मूर्ति अष्टमिकै दिन चोभारको नन्द ग्वालाको गाईले ग्वालालाई देखाएपछि उक्त मूर्ति बाजागाजासहित चोभारको मन्दिरमा लगी स्थापना गरिएको जनश्रुती रहेको छ । सोहि जनश्रुतीअनुसार नन्द ग्वालाकै सन्ततिले बॉसको टुप्पोले नख्खु दोभानमा मूर्ति देखाउने र विधिपूर्वक पूजा गरि बाजागाजासहित बस्तिमा ल्याई चोभारवाुिस वार्षिक जात्रा मनाउने गर्दछन् । साथै मूर्तिलाई मानिसलाईझैं जन्मदेखि मूत्यूसम्मको दशकर्म देखाउने विधिसमेत गरिने स्थानीय पुजारी पानेजुहरुले बताए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha