चैत ११ काठमाडौं । निपाह भाईरस रोकथाम तथा नियन्त्रण कार्यक्रमअन्तर्गत कीर्तिपुरस्थित विष्णुदेवी नगर अस्पतालमा अभिमुखिकरण गरिएको छ । कीर्तिपुर नगरपालिका, स्थास्थ्य शाखाको आयोजनामा अस्पताललमा कार्यरत चिकित्सक तथा स्वास्ग्यकर्मी कर्मचारी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई निपाह भाईरसबारे जानकारी, सर्ने माध्यम र लक्षणहरु र बच्ने उपायका बारेमा अभिुमुखिकरण गरिएको अस्पतालका सूचना अधिकारी कामेश्वर चौधरीले बताउनुभयो । अस्पताका मेसु डा. अरुण गौतमको उपस्थितिमा स्वास्थ्य शाखाबाट जास्वास्थ्य अधिकृत सजिना महर्जन र बिबिता महर्जनको उपस्थिति रहेको बताईएको छ ।
