मङ्लबार, चैत्र १०, २०८२ | March 24, 2026

फाइनल एक्जिट लागेर पनि नेपाल फर्कन नपाएका नेपालीहरूका लागि विवरण संकलन सुरु

फाइनल एक्जिट लागेर पनि नेपाल फर्कन नपाएका नेपालीहरूका लागि विवरण संकलन सुरु

  • Naveen Sanchar

  • सोमवार, चैत्र ९, २०८२

  • 24
    Views
फाइनल एक्जिट लागेर पनि नेपाल फर्कन नपाएका नेपालीहरूका लागि विवरण संकलन सुरु

नबिन सन्चार

साउदी अरबको पश्चिमी क्षेत्र (ताबुक, मदिना, मक्का, अल बाहा, आभा–खमिस मुसैत, नजरान, जिजान तथा आसपासका शहरहरू) मा बसोबास गर्ने फाइनल एक्जिट लागिसकेका तर विभिन्न कारणले हालसम्म नेपाल फर्कन नपाएका नेपाली नागरिकहरूको विवरण संकलन कार्य सुरु गरिएको छ।

सम्बन्धित निकायमार्फत समस्याको पहिचान तथा समाधानका लागि आवश्यक पहल गर्न उक्त विवरण अत्यन्त महत्वपूर्ण हुने भएकाले यस अवस्थाका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनलाइन फाराम भरि सहयोग गर्न अनुरोध गरिएको छ। साथै, यस्तो अवस्थाका अन्य व्यक्तिहरूसम्म पनि यो सूचना पुर्‍याइदिन आग्रह गरिएको छ।

🔗 https://docs.google.com/…/1FAIpQLSeCqPlAZBesoB…/viewform

प्राप्त विवरणका आधारमा कन्सुलेटले आवश्यक समन्वय तथा सहजीकरण गर्ने जनाइएको छ। यद्यपि, सबै समस्या तत्काल समाधान गर्न सम्भव नहुन सक्ने भए पनि सम्बन्धित निकायसँग समन्वय गरी समस्याको समाधानका लागि पहल गरिनेछ।

उपलब्ध गराइएको सम्पूर्ण विवरण गोपनीय रहने र आवश्यक प्रक्रिया बाहेक अन्यत्र प्रयोग नगरिने समेत जनाइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha