पछिल्लो समय नेपालमा निपाह भाईरस संक्रमणको जोखिम देखिएपछि रोकथाम र नियन्त्रण अभियान तिव्र बनाईएको छ । कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाद्वारा नगर क्षेत्र वडासतरीय स्वास्थ्य चौकी तथा अस्पतालहरुमा निपाह भाईरसबारे जनचेतना जगाउन अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो । नगरसतरीय अभिमुखिकरणपछि स्वास्थ्य शाखाले जनप्रतिनिधि, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र महिला तथा आमा समूहलाई लक्षित गरि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।
चैत ८ गते आईतवार २ वडास्थित लायकू स्वास्थ्य चौकीमा वडा अध्यक्ष ई. रुपेश महर्जनको उपस्थितिमा अभिमुखिकरण गरिएको जनाएको छ । स्थानीय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय महिला तथा आमा समूहको सहभागिता रहेको कार्यक्रममा वडा सदस्य शर्मिला श्रेष्ठ महर्जन, स्वास्थ्य शाखा तथा चौकीका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको बताईएको छ ।