दक्षिण कोरियामा रहेका कर्णालीजनलगायत समस्त नेपालीहरूबीच एकता, सहकार्य र संस्थागत सुदृढीकरणका विषयमा छलफल तथा समाजको नयाँ कार्यसमितिको चयन गर्न कर्णाली प्रदेश समाज दक्षिण कोरियाको चौंथो अधिवेसन हुने भएको छ ।
आगामी सन् २०२६ मे ३ तारिख आइतबारका दिनः बिहान ११ः०० बजे सोउल, दोङ्देमुनस्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलको २ नं. गेट नजिक हुने सभा सभ्य र भव्य रूपमा सफल बनाउन उपस्थितिका लागि सम्पूर्ण नेपाली महानुभावहरूलाई समाजले अनुरोध एवं निमन्त्रणा गरेको छ ।