-नवीनसञ्चार सम्वाददाता
कीर्तिपुर ।
नेपालभाषाको ‘चुल्बुल चञ्चल’ म्यूजिक भिडियो कीर्तिपुर सिनेप्लेक्समा एक समारोहबीच सोमबार सार्वजनिक गरिएको छ । जनकवि दुर्गालाल श्रेष्ठको रचना ‘चुल्बुल चञ्चल’मा नेपाली मूलकी जापानी गायिका खारेन शाक्यको स्वर रहेको छ । कामको सिलसिलामा लामो समयदेखि जापानमा बस्दै आउनभुएका सुनिलकुमार शाक्यको निर्माण रहेको म्यूजिक भिडियोमा संगीत न्ह्यू वज्राचार्य, निर्देशन विश्वास वज्राचार्यको रहेको छ भने निर्माता एवं सेवा अभियानका संयोजक सुनिलकुमार शाक्यकी सुपुत्री खारेन शाक्य र उनी दुईजना जापानी युवती साथीको अभिनय रहेको छ । विभिन्न सामाजिक कार्यहरुमार्फत् मातृभूमि र भाषाप्रति अगाध प्रेम प्रस्तुत गर्दै आउनुभएका सुनिलकुमार शाक्य र उनकी सुपुत्री खारेन १० दिनका लागि नेपाल आएका बेला चुल्बुल चञ्चल रेकर्ड गरि म्यूजिक भिडियो तयार गरेको बताईएको छ । खारेनको दोस्रो सांगितिक उपहार ‘चुल्बुल चञ्चल’ म्यूजिक भिडियो जापान र नेपालमा दृश्यांकन गरिएको छ ।