-नवीनसञ्चार सम्वाददाता
कीर्तिपुर ।
बलात्कारपछि हत्या गरिएकी किशोरी इनिशा विकलाई न्याय दिन माग गर्दै कीर्तिपुरमा सोमबार प्रदर्शन गरिएको छ। शहिद स्मारक कलेजका विद्यार्थीले आयोजना गरेको प्रदर्शनमा सहभागीले ‘इनिशा विकलाई न्याय दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर,’ लगायतका नारा लगाएका थिए । विद्यार्थीले घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । साथै दोषीलाई तत्काल कडा कारवाही गर्न तथा पीडित परिवारलाई सुरक्षा र संरक्षण दिन माग गरिएको छ ।
