सोमवार, चैत्र २, २०८२ | March 16, 2026

“स्पेनको बार्सिलोनामा बागलुङेहरूको सांस्कृतिक जमघट”

“स्पेनको बार्सिलोनामा बागलुङेहरूको सांस्कृतिक जमघट”

  • Naveen Sanchar

  • आइतवार, चैत्र १, २०८२

  • 105
    Views
“स्पेनको बार्सिलोनामा बागलुङेहरूको सांस्कृतिक जमघट”

स्पेनको Barcelona मा बसोबास गर्दै आएका बागलुङवासीहरूले आफ्नो मौलिक संस्कृति, पर्व र खेलकुद परम्परालाई प्रवासमै निरन्तरता दिन चैते दशैं तथा भलिबल उत्सव आयोजना गर्ने भएका छन्।
बागलुङ समाज स्पेनको आयोजनामा आगामी मार्च २२ र २३ मा बार्सिलोनामा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रममार्फत बागलुङको ऐतिहासिक पर्व चैते दशैं, नेपालको राष्ट्रिय खेल भलिबल तथा मौलिक सांस्कृतिक परम्परालाई प्रवासमा पनि जीवन्त राख्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई विशेष बनाउन अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष Ganga Sharma प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ। उहाँको उपस्थितिले प्रवासमा रहेका बागलुङेहरूबीच आपसी एकता र सहकार्य अझ सुदृढ हुने विश्वास गरिएको छ।
त्यसैगरी नेपाली परम्परागत पन्चेबाजाको धुन गुन्जाउनका लागि Durga Thapa विशेष रूपमा Portugal बाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्तित्वहरूले पुरस्कार तथा आर्थिक सहयोग प्रदान गरेका छन्। खुल्ला पुरुष भलिबल प्रतियोगिताको दोस्रो पुरस्कार (११११ युरो) प्रकाश चालिसे र शर्मिला पराजुलीले प्रायोजन गरेका छन् भने भेट्रान्स भलिबल प्रथम पुरस्कार (३०१ युरो) दिपक क्षेत्री र टिका क्षेत्रीले सहयोग गरेका छन्। महिला भलिबल प्रथम पुरस्कार (१५१ युरो) विकल प्रताप सिंहले प्रायोजन गरेका छन्।
यसैगरी भेट्रान्स पुरुष भलिबल दोस्रो पुरस्कार (१५१ युरो) विदुर गौतम र भावना गौतमले सहयोग गरेका छन् भने महिला भलिबल दोस्रो पुरस्कार (११० युरो) राधिका शर्मा र सोमनाथ शर्माले प्रायोजन गरेका छन्। महिला तथा पुरुष टिमका लागि जर्सी **हरी पौडेल (ला बिसिक्लेता परिवार)**ले प्रायोजन गरेका छन्।
कार्यक्रमका लागि अन्य थुप्रै व्यक्तित्वहरूले पनि आर्थिक सहयोग प्रदान गरेका छन्। बागलुङ समाज स्पेनका अध्यक्ष अरुण घिमिरेले कार्यक्रम सफल बनाउन सहयोगी हातहरू अझै बढ्दै जाने विश्वास व्यक्त गर्दै प्रवासमा रहेका सबै नेपालीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
उक्त कार्यक्रम Complex Esportiu Besòs Mar स्थित खेल मैदानमा आयोजना हुने समाजका अध्यक्ष अरुण घिमिरेले जनाइएको छ।
स्थान: Complex Esportiu Besòs Mar, C/Luis Borrassa 25, Barcelona
मिति: मार्च २२ र २३


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha