काठमाडौँ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्षमा उम्मेदवारी दिएका रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी फिर्ता लिएकाले शर्मा निर्विरोध चयन भएका हुन्। एनआरएनएको कार्यसमितिका सबै पदमा सहमति जुटेको निर्वाचन आयुक्त टिबी कार्कीले बताए।