आइतवार, चैत्र १, २०८२ | March 15, 2026

एनसीसी, दक्षिण कोरियाको १९ औं अधिवेशन, उद्घाटन सत्र सम्पन्न

एनसीसी, दक्षिण कोरियाको १९ औं अधिवेशन, उद्घाटन सत्र सम्पन्न

  • Naveen Sanchar

  • आइतवार, चैत्र १, २०८२

  • 27
    Views
एनसीसी, दक्षिण कोरियाको १९ औं अधिवेशन, उद्घाटन सत्र सम्पन्न

-नवीनसञ्चार सम्वाददाता
दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहनुभएका नेपाली समुदायको जेठो संस्था नेपाली सम्पर्क समिति ९एनसीसी० दक्षिण कोरियाको १९औँ अधिवेशन सियोलमा सम्पन्न भएको छ । समारोहको समुद्घाटन प्रमुख अतिथि दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले गर्नुभएको छ । सो अवसरमा राजदूत तुम्वाहाम्फेले नेपालीको हकहितका लागि सहकार्य गर्न एनसीसीलाई अनुरोध गर्नुभयो ।

संस्थाका अध्यक्ष हरिप्रसाद खनालको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने नेपाली सम्मानित हुनुभएको थियो । यही मार्च २२ तारिख बिहान १० बजे संस्थाको नयाँ नेतृत्व चयनका लागि २२ जना अधिवेशन प्रतिनिधिले मतदान गर्ने कार्यक्रम रहेको छ । दक्षिण कोरियामा रहेका नेपालीको हकहित तथा एकताका लागि एनसीसीले विभिन्न रचनात्मक गतिविधि निरन्तर सञ्चालन गर्दै आएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha