सोमवार, चैत्र २३, २०८२ | April 6, 2026

बार्सिलोना: प्रवासमा ‘नेपाल घर’ निर्माण अभियान, पाँच दिने ऐतिहासिक आध्यात्मिक महोत्सव हुने

बार्सिलोना: प्रवासमा ‘नेपाल घर’ निर्माण अभियान, पाँच दिने ऐतिहासिक आध्यात्मिक महोत्सव हुने

  • अशिम लोप्चन तामाङ

  • आइतवार, चैत्र १, २०८२

  • 158
    Views
बार्सिलोना: प्रवासमा ‘नेपाल घर’ निर्माण अभियान, पाँच दिने ऐतिहासिक आध्यात्मिक महोत्सव हुने

 -अशिम लोप्चन तामाङ
स्पेन ।

स्पेनको बार्सिलोनामा बसोबास गर्ने नेपालीहरूले आफ्नो साझा पहिचान र संस्कृतिको संरक्षणका लागि ‘नेपाल घर’ निर्माण अभियान सुरु गरेका छन्। यस अभियानलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले आगामी अप्रिल ५ देखि ९ सम्म पाँच दिने ‘ऐतिहासिक स्पेन आध्यात्मिक महोत्सव’ आयोजना हुने भएको छ।
यस विशेष महोत्सवमा नेपालका प्रख्यात वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ। बार्सिलोनास्थित ‘सालोन एल प्रादो’ मा आयोजना हुने यस कार्यक्रममा वेद र बुद्धका दर्शनमा आधारित प्रवचन, भजन–कीर्तन र आध्यात्मिक सत्रसमेत प्रस्तुत गरिने एनआरएनए आईसिसि सदस्य रोशन पाठकले जानकारी दिएका छन्।
आयोजकका अनुसार, स्पेनमा नेपालीहरूको संख्या बढ्दासमेत आफ्नै कला, धर्म र संस्कृतिलाई झल्काउने साझा थलोको कमी महसुस गरिएको थियो। विशेष गरी नयाँ पुस्तालाई नेपाली संस्कारसँग जोड्न र प्रवासमा आफ्नो गौरवलाई जीवन्त राख्न ‘नेपाल घर’ निर्माणको लक्ष्य राखिएको छ।
पाँच दिनसम्म चल्ने महोत्सव हरेक दिन बिहान ११ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। पण्डित पोखरेलको उपस्थिति यस कार्यक्रमलाई स्पेनकै अहिलेसम्मको ठूलो नेपाली आध्यात्मिक भेलाका रूपमा मानिएको छ। आयोजकले स्पेनभरिका सम्पूर्ण नेपाली समुदायलाई यस पवित्र कार्यमा सहभागी भई अभियान सफल बनाउन आह्वान गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha