-नवीनसञ्चार सम्वाददाता
मलेसिया ।
मलेसियास्थित गैर आवासीय नेपाली संघ, क्षेत्रीय समिति, जोहोरबारुले नेपाली नयाँ वर्षलाई भव्य रूपमा स्वागत गर्दै कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । आगामी दिनमा कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्ने र केही कमीकमजोरी भएमा सुधार गर्ने प्रतिबद्धता समेत एनआरएनए जोहोरबारुले जनाएको छ ।

आइतबार अध्यक्ष वेदना श्रेष्ठको अध्यक्षतामा सम्पन्न छैठौँ मासिक बैठकमा आर्थिक आय–व्यय, संस्थाको सक्रियता, सञ्चालन क्षमता सुधार र आगामी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा सूक्ष्म छलफल गरिएको छ। बैठकले सम्बन्धित सबै पक्षसँग सहकार्य गर्दै संस्थालाई अझ सुदृढ बनाउने निर्णय समेत गरेको सचिव विनय हमालले बताउनुभयो ।
