शनिबार, फाल्गुन ३०, २०८२ | March 14, 2026

नर्वेमा महिला दिवस सम्पन्न

नर्वेमा महिला दिवस सम्पन्न

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन २९, २०८२

  • 67
    Views
नर्वेमा महिला दिवस सम्पन्न

-नवीनसञ्चार , नर्वे ।
नर्वेमा बसोबास गर्ने नेपाली नारी समुदायले अन्तर्राष्ट्रिय महिला दिवस २०२६ भव्य रूपमा मनाउनुभएको छ । गैर आवासीय नेपाली संघ, नर्वेको आयोजनामा सम्पन्न कार्यक्रममा विशेष प्रेरणादायी प्रस्तुति “आफू बस्ने समाजसँगको घुलमिल” प्रस्तुत गरिएको थियो । अन्तरक्रियात्मक र प्रेरणादायी प्रस्तुतिका साथै सो सत्रमा एकीकरण, पहिचान, अपनत्व र आत्मविश्वासका साथ समाजमा अघि बढ्ने विषयमा अर्थपूर्ण छलफल गरिएको थियो । डेनमार्ककका लागि नेपाली राजदूत सुम्निमा तुलाधरको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा भौतिक र भर्चुअल माध्यमबाट उत्साहजनक सहभागिता रहेको एनआरएनए, महिला संयोजक डा. श्रीजना बस्ताकोटीले जानकारी दिनुभयो ।महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिको सम्मान गर्न, लैङ्गिक समानता र न्यायको मागलाई सशक्त बनाउन, भेदभाव र हिंसा विरुद्ध जागरण फैलाउन, र भविष्यका पुस्तालाई समान अवसर सुनिश्चित गर्न दिवस मनाइएको एनआरएनए, नर्वेकी अध्यक्ष श्रद्धा सिंह थापाले बताउनुभयो ।

 

यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha