सोमवार, चैत्र २३, २०८२ | April 6, 2026

एनआरएनए, कम्बोडियाद्वारा ३७ नेपालीको उद्दार

एनआरएनए, कम्बोडियाद्वारा ३७ नेपालीको उद्दार

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन २९, २०८२

  • 152
    Views
एनआरएनए, कम्बोडियाद्वारा ३७ नेपालीको उद्दार

-नवीनसञ्चार, कम्बोडिया ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कम्बोडियाले कम्बोडियाको ध्यागमन बिभाग सँग गरिएका विभिन्न बैठक तथा छलफल र अनुरोध पश्चात, आधिकारिक कागजातहरुको लागी बैंककस्थित नेपाली दूतावासको बिशेष सहयोगमा महिना भन्दा लामो प्रयास पछि, १० मार्च मा ३७ जना नेपाली नागरिकलाई स्वदेश फिर्ता प्रक्रियाको लागि अध्यागमन कार्यालयमा पठाउन सफल भएको छ ।उक्त टोली ११ मार्च २०२६ मा हवाई यात्रा मार्फत नेपाल प्रस्थान गर्यो।  यो प्रक्रिया आगामी केही दिनसम्म जारी रहने एनआरएनए, कम्बोडियाले जनाएको छ । बाँकी रहेका सबै नेपाली दाजुभाईहरूलाई सकेसम्म चाँडो पठाउने महासचिव दिपेन्द्र के सीले बताउनुभयो । उहाँले
विशेष गरी बैंककस्थित नेपाली दूतावास टोलीलाई सहयोगको लागि धन्यवाद दिनुभयो । बिगत केही महिनादेखी कम्बोडियामा भईरहेको साइबर अपराधलाई पूर्ण रुपमा सफाया गर्ने उदेश्यका साथ चलाएको अपरेशनकोको क्रममा कम्बोडियन सरकारले थुप्रै बिदेशीहरुलाई फिर्ता पठाईरहेको छ। यसै क्रममा थुप्रै नेपालीहरु लामो समयदेखी बिना पासपोर्ट, बिना भिषा र भिषा लगाएकाहरु पनि ओभर स्टे भएर बसिरहेको पाईएको थियो।

 

यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha