मङ्लबार, फाल्गुन २६, २०८२ | March 10, 2026

एनआरएनए, एनसीसी नेदरल्याण्डद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

एनआरएनए, एनसीसी नेदरल्याण्डद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन २६, २०८२

  • 14
    Views
एनआरएनए, एनसीसी नेदरल्याण्डद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

-नवीनसञ्चार सम्वाददाता
नेदरल्याण्ड ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)–एनसीसी नेदरल्याण्डले एक विशेष कार्यक्रमको आयोजना गरी ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ। दिवसको अवसरमा भर्चुअल माध्यम (जुम) मार्फत “Give to Gain: Strategic Diaspora Engagement for Advancing Women in Nepal and Nepalese Women in the World” भन्ने नाराका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा एनआरएनए–आईसीसीकी उपाध्यक्ष रोजिना प्रधान राईको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूमा एनआरएनए–आईसीसीका उपाध्यक्ष रामशरण सिम्खडा, डा. बद्री केसी तथा होस्ट कन्ट्री नेदरल्याण्डका संस्थापक अध्यक्ष, एनआरएनए–आईसीसीका पूर्व सल्लाहकार तथा नेपाल पर्यटन बोर्डका पूर्व मानार्थ प्रतिनिधि शशीकान्त पौड्यालको उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व संस्थाकी अध्यक्ष सबु पौडेलले गर्नुभएको थियो।

त्यसैगरी विशेष अतिथिहरूमा एनआरएनए–आईसीसीका सचिव टिका गुरुङ, डिपुटी सेक्रेटरी रविन बज्राचार्य, महिला कोषाध्यक्ष कञ्चन थापा, महिला संयोजक अनुजा प्रधान, युरोप क्षेत्रीय संयोजक डा. चिरञ्जीवी खड्का, युरोप महिला संयोजक प्रशुम्ना कडेल तथा नेदरल्याण्डका आईसीसी मानार्थ सदस्य टिकाराम सापकोटाको उपस्थिति रहेको थियो।

कार्यक्रममा एनआरएनए–एनसीसी नेदरल्याण्डका बोर्ड सदस्यहरू, प्याट्रोन तथा सल्लाहकारहरू, नेदरल्याण्डस्थित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, व्यवसायी संघका अध्यक्ष तथा एनआरएनए–एनसीसी नेदरल्याण्डका सल्लाहकार एवं पूर्व महासचिव संघर्षशील केसी, नेपाल फण्ड फाउन्डेशनका अध्यक्ष राजेन्द्र शर्मा, कनेक्ट फाउन्डेशन प्लसका अध्यक्ष दुर्गा प्रसाद मैनाली लगायतको सहभागिता रहेको थियो।

यसैगरी इन्जिनियरिङ एसोसिएसन नेदरल्याण्डकी अध्यक्ष तथा एनआरएनए–एनसीसी नेदरल्याण्डकी कोषाध्यक्ष सबिना श्रेष्ठ, सचिव भुवन गिरी, महिला संयोजक सुजाता शाक्य बिष्ट, कार्यसमिति सदस्यहरू, प्रवासी नेपाली मञ्च अस्ट्रियाकी अध्यक्ष तथा एनआरएनए अभियन्ता बाबा राजेश्वरी थापा, एनआरएनए–आईसीसीकी पूर्व महिला संयोजक रजनी प्रधान, बेल्जियम एनआरएनए–एनसीसी महिला संयोजक सरिता पौडेल धमला तथा बेल्जियम एनआरएनए–एनसीसी अध्यक्ष लोकेन्द्र नेपालको समेत उपस्थिति रहेको थियो।

त्यसैगरी अतिथिहरूमा एनआरएनए–एनसीसी यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, यूकेका आईसीसी सदस्य  चिरन शर्मा, एनआरएनए–एनसीसी नर्वेकी अध्यक्ष श्रद्धा सिंह थापा (जसले कार्यक्रममा प्रस्तुतीकरण पनि दिनुभयो), एनआरएनए–एनसीसी फ्रान्सका अध्यक्ष मिनकुमार श्रेष्ठ, एनआरएनए–एनसीसी डेनमार्कका अध्यक्ष सुरेश पुन, एनआरएनए–एनसीसी अस्ट्रियाका विनोद चौलागाईं, एनआरएनए–एनसीसी नर्वे महिला संयोजक सृजना बस्ताकोटी तथा यूकेकी बिनु लामिछाने घिमिरे लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन एनआरएनए–एनसीसी नेदरल्याण्डका महासचिव सुजन कटुवालले गर्नुभएको थियो।

जुममार्फत कार्यक्रममा सहभागी हुने क्रममा देखिएका प्राविधिक समस्याका कारण चाहेर पनि कार्यक्रममा सहभागी हुन नसक्नुभएका धेरै दिदीबहिनी तथा दाजुभाइ लगायत अग्रजहरूले पठाउनुभएको शुभकामना सन्देशप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै एनआरएनए–आईसीसी उपाध्यक्ष हेमराज शर्मा, संस्थापक सदस्य इन्द्रा बन, पूर्व प्रवक्ता रञ्जु वाग्ले थापा (अष्ट्रेलिया), पूर्व महिला संयोजक शान्ति अर्याल, सरस्वती कार्की, इन्दिरा त्रिपाठी, शान्ति वाग्ले पौड्याल (अमेरिका), किरण सिग्देल ढकाल (जर्मनी), एनसीसी नेदरल्याण्ड महिला संयोजक सुजाता शाक्य बिष्ट, निवर्तमान महिला संयोजक सरोज ढकाल गिरी तथा Women Forum Nederland र Women’s Day 2026 Group का सम्पूर्ण दिदीबहिनीहरूको शुभकामना सन्देशप्रति आयोजकले कृतज्ञता व्यक्त गरेको छ।

कार्यक्रमको प्राविधिक व्यवस्थापनमा सहयोग पुर्‍याउनुहुने  नवीनसञ्चार डट कम लगायतका सञ्चारमाध्यमप्रति समेत विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै नेदरल्याण्डमा बसोबास गर्नुहुने तथा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीहरूलाई अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना व्यक्त गरिएको छ।

कार्यक्रमका अतिथिहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति एनआरएनए–एनसीसी नेदरल्याण्डले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। कार्यक्रममा “One NCC One Project” अन्तर्गत सञ्चालन गरिने “जननी प्रोजेक्ट” को घोषणा पनि गरिएको थियो।

कार्यक्रमको समापन गर्दै संस्थाकी अध्यक्ष तथा कार्यक्रमकी सभापति सबु पौडेलले महिला सशक्तीकरण र अधिकारका लागि सबै मिलेर अगाडि बढ्ने तथा नारामा मात्र सीमित नरही व्यवहारिक कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha