बुधबार, चैत्र १८, २०८२ | April 1, 2026

हाइकु

हाइकु

  • Naveen Sanchar

  • सोमवार, फाल्गुन २५, २०८२

  • 125
    Views
हाइकु
  • तोमनाथ उप्रेती  

१.

मन चञ्चल छ
एकाग्र ध्यानले शान्त
शब्दभन्दा ठूलो।

२.

इच्छा शुद्ध भयो
कर्मले मार्ग देखाउँछ
जीवन उज्यालो।

३.

शान्ति आन्तरिक
बाहिरी होइन भनी
मनको अनुशासन।

४.

मनको तरङ्ग शान्त
इच्छा सही दिशा पायो
कर्म फल खुशी।

५.

ध्यान र समाधि
मनको अभ्यासले मात्र
आत्मा उज्यालो।

६.

बाहिर खोजी गर्छौ
तर शान्ति छ भित्रै
मनलाई नियन्त्र।

७.

इच्छा संयमित
मन स्थिर, कर्म शुद्ध
जीवन फलेन।

८.

गीताको ज्ञानले
अर्जुनले पाए मार्ग
शान्ति अडिग।

९.

मन, इच्छा, कर्म
त्रिकोणीय सम्बन्धले
जीवन बलियो।

१०.

शक्ति मनमा छ
आत्मनिरीक्षणले मात्र
शान्ति सधैं स्थिर।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha