काठमाडौँ। झापा जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले भारी मतान्तरसहित सानदार जित हासिल गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थापित दलका शीर्ष नेताहरूलाई निकै पछाडि पार्दै रास्वपाले झापामा आफ्नो वर्चस्व कायम गरेको हो।
यस निर्वाचनकै सबैभन्दा चर्चित प्रतिस्पर्धामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह ले एमाले अध्यक्ष केपी शर्मा ओली लाई ५० हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्। बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत मात्र पाए।
झापा–३ मा रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मतसहित विजयी भए। उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (१७ हजार २९४) लाई पराजित गरे।
त्यस्तै झापा–२ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित भइन् भने एमालेका देवराज घिमिरे ले ११ हजार ३६८ मत प्राप्त गरे।
त्यसैगरी झापा–१ मा रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित विजयी भइन्। उनले कांग्रेसका केशवराज पाण्डे लाई पराजित गरिन्।
झापा–४ मा शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत ल्याएर विजयी हुँदा एमालेका लालप्रसाद साँवा ११ हजार ९१६ मतमा सीमित भए।