-पुष्प भण्डारी
(नवीनसञ्चार सम्वाददाता)
दक्षिण कोरिया ।
दक्षिण कोरियाको पुरानो र सक्रिय संस्था नेपाली सम्पर्क समिति १९ औँ अधिवेशनको तयारीमा जुटेको छ । अधिवेशन यही मार्च १५ तारिख, आइतबार, बिहान ११ बजे सउल, दोङ्देमुनस्थित सेमाउल बैंकको पाँचौ तलामा हुँदैछ । अधिवेशनको लागि आवश्यक तयारी तीव्रताका साथ भइरहेको समितिले जनाएको छ । अधिवेशनमा संस्थागत प्रस्तावका साथै दक्षिण कोरियामा रहनुभएका नेपाली समुदायको पेशागत हकहित, सामाजिक सुरक्षा लगायतका समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।अधिवेशनमा सहभागी भई सफल पारिदिन समितिले सम्बन्धित सबैमा अनुरोध गरेको छ । एकताबद्ध नेपाली समाजको निर्माणका लागि सन् १९९३ मा दक्षिण कोरियाका नेपाली मिलेर सम्पर्क समिति स्थापना गर्नुभएको थियो ।
