-नवीनसञ्चार सम्वाददाता
स्पेन ।
नेपाल घर (मन्दिर ) निर्माणार्थ आगामी अप्रिल ५, ६, ७, ८, ९ मा Barcelona मा ऐतिहासिक स्पेन आध्यात्मिक महोत्सव आयोजना हुने भएको छ ।गैर आवासीय नेपाली संघ, स्पेनले आयोजना गर्ने महोत्सवमा नेपालका प्रसिद्ध कथावाचक पण्डित दीनबन्धु पोखरेलले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ । ऐतिहासिक महोत्सवलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन सहभागित तथा सहयोगका निम्ति एनआरएनए, स्पेनले सबैमा अनुरोध गरेको छ ।महोत्सवको तयारी तीव्रताका साथ भइरहेको एनआरएन स्पेनले जनाएको छ ।

यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।