नवीनसञ्चार सम्वाददाता,
नेदरल्याण्ड ।
गैर आवासीय नेपाली संघ (एनआरएनए), नेदरल्याण्डले ११५ औँअन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एक समारोह आयोजना गर्ने भएको छ । सो अवसरमा एनआरएनए, नेदरल्याण्डले ‘Give to Gain: Strategic Diaspora Engagement for Advancing Women in Nepal’ विषयक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
समारोहको विस्तृत विवरण देहायबमोजिम रहेको छ :
मिति : ७ मार्च २०२६
समय : १४:००–१६:०० CET
Zoom Link : https://us06web.zoom.us/j/81218560501…
Meeting ID: 812 1856 0501
Passcode: 2026
कार्यक्रम खुला तथा अन्तरक्रियात्मक सत्रका रूपमा सञ्चालन गरिनेछ, जहाँ प्रवासी नेपाली समुदायको रणनीतिक संलग्नतामार्फत नेपालमा महिला सशक्तिकरणलाई कसरी प्रभावकारी, दिगो तथा परिणाममुखी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विस्तृत विचार–विमर्श गरिनेछ। प्रवासमा रहनुभएका नेपाली समुदायका सदस्य, महिला सशक्तिकरणप्रति प्रतिबद्ध व्यक्तित्व तथा यस विषयमा रुचि राख्ने सम्पूर्ण महानुभावलाई सहभागी भई कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन एनआरएनए, नेदरल्याण्डकी अध्यक्ष सबु पौडेलले अनुरोध गर्नुभएको छ ।