बिहिबार, फाल्गुन २१, २०८२ | March 5, 2026

जेद्दामा नेपाली युवक सम्पर्कविहिन

जेद्दामा नेपाली युवक सम्पर्कविहिन

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन २१, २०८२

  • 49
    Views
जेद्दामा नेपाली युवक सम्पर्कविहिन

जेद्दा (साउदी अरब) – मोरङ जिल्ला लेटाङ–२ घर भई वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको जेद्दामा कार्यरत एक नेपाली युवक गत २७ फेब्रुअरी २०२६ देखि सम्पर्कविहिन भएका छन्।

Consulate General of Nepal, Jeddah ले परिवारबाट प्राप्त सूचनाका आधारमा सार्वजनिक अपिल जारी गर्दै जेद्दाको अल खुम्राह क्षेत्रबाट हराइरहनु भएका युवकको खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको छ।

हराइरहनु भएका व्यक्ति:

  • नाम: अनिश राई (Anish Rai)
  • उमेर: २५ वर्ष
  • उचाइ: करिब ५ फिट ५ इन्च
  • तौल: करिब ५० केजी

महावाणिज्यदूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कुनै पनि सूचना वा जानकारी प्राप्त भएमा तुरुन्तै सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्पर्क नम्बर:

📞 0531254099

📞 0559744253

📞 0535024169

📞 0582817188

महावाणिज्यदूतावासले सूचना सकेसम्म धेरै सेयर गरी खोजी कार्यमा सहयोग गर्न सबैमा अपिल गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha