आइतवार, जेष्ठ ३, २०८३ | May 17, 2026

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण,

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण,

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन १९, २०८२

  • 102
    Views
रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण,

काठमाडौं  नबिन संचार

साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको पुष्टि गरिएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार दूतावासतर्फ लक्षित दुई वटा ड्रोनलाई सुरक्षाकर्मीहरूले अवरोध गरी नष्ट गरेका थिए।

अवरोधका क्रममा झरेका भग्नावशेषका कारण दूतावास परिसरमा सामान्य आगलागी भएको र भवनमा आंशिक क्षति पुगेको जनाइएको छ। कुनै मानवीय क्षति नभएको बताइएको छ।

दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत रियाद, जेद्दा र धहरान क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क रहन र आवश्यक नभएसम्म घरमै सुरक्षित बस्न आग्रह गरेको छ।

हाल मध्यपूर्वमा बढ्दो तनावका कारण सुरक्षा सतर्कता उच्च बनाइएको छ। इरानइजरायलबीचको द्वन्द्वपछि खाडी क्षेत्रका विभिन्न स्थानमा निरन्तर साइरन बज्ने र आकाशमा ड्रोन उडिरहेको देखिएको खबरहरू सार्वजनिक भइरहेका छन्।

साउदी अरबमा कार्यरत तथा बसोबास गर्दै आएका नेपालीहरूलाई पनि अनावश्यक रूपमा बाहिर ननिस्कन र आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha