सोमवार, फाल्गुन १८, २०८२ | March 2, 2026

नेपाल तामाङ घेदुङ, जोहोरद्वारा गुम्बा निर्माणमा सहयोग

नेपाल तामाङ घेदुङ, जोहोरद्वारा गुम्बा निर्माणमा सहयोग

  • Naveen Sanchar

  • सोमवार, फाल्गुन १८, २०८२

  • 27
    Views
नेपाल तामाङ घेदुङ, जोहोरद्वारा गुम्बा निर्माणमा सहयोग

-नवीनसञ्चार सम्वाददाता
मलेसिया । नेपाल तामाङ घेदुङ , क्षेत्रीय समिति, जोहोर विदेशमा रहेर पनि मातृभूमि र नेपाली संस्कृतिको सेवा गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ । मलेसियाको जोहोरबारुमा रहनुभएका तामा समुदायको साझा मञ्चका रुपमा रहेको समितिले लम्जुङको बेंशीशहरस्थित देलेग डोदेन थायेलिङ ञिङमा गुम्बा निर्माणमा सहयोग गरेको छ ।

गुम्बाको शाौचालय निर्माणका लागि एक लाख आठ हजार पाँच सय रुपैयाँ सहयोग गरेको घेदुङ, क्षेत्रीय समिति, जोहोरका अध्यक्ष मङल दोङ तामाङले बताउनुभयो । गुम्बाको निर्माणमा समितिका सदस्यले व्यक्तिगत रुपमा समेत सहयोग गर्नुभएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । सहयोग गरेकोमा गुम्बा निर्माण समितिले संस्थालाई धन्यवाद ज्ञापन गरेको छ । घेदुङ क्षेत्रीय समिति, जोहोरले तामाङ संस्कृति एवं नेपालको विकासका लागि यस्ता सहयोग निरन्तर गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha