सोमवार, फाल्गुन १८, २०८२ | March 2, 2026

इजरायलका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन अपिल

इजरायलका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन अपिल

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन १७, २०८२

  • 32
    Views
इजरायलका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन अपिल
 उच्च सुरक्षा सतर्कता अपनाउनुहुन आदरणीय इजरायलमा कार्यरत दिदिबहिनी तथा दाजुभाइमा हार्दिक अनुरोध 
” इजरायलमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुरक्षा सतर्कता तथा सुचना आदानप्रदान सम्बन्धि अनुरोध “
१)इजरायल र इरानबिच हुन गैरहेको सम्भावित युद्धप्रति Israel Home Front Command ले जारी गरेको निर्देशनलाई पूर्ण पालना गर्नुहोस ।
२) नआत्तिनुहोस नडराउनुहोस तर साइरन बज्नासाथ सुरक्षित स्थानमा
जान लापरबाही नगर्नुहोस ।
३)तपाईंको सुरक्षा नै पहिलो प्राथमिकता हो । आवतजावत, जमघट,लामो यात्रा नगर्नुहोस ,कार्यस्थल सम्बन्धी सबै नियमहरू कडाइका साथ पालना गर्नुहोस।
४) सुरक्षित स्थानको पहिचान गर्नुहोस,घर, कार्यस्थल वा यात्रामा जहाँ भए पनि नजिकैको सुरक्षित स्थान (ममद, मिक्लात वा भवनभित्रको सुरक्षित सिँढी) कहाँ छ भन्ने कुरा पहिल्यै थाहा पाउनुस ।
५)स्थानीय अलर्टहरू सक्रिय राख्नुहोस,आफ्नो मोबाइलमा Home Front Command app डाउनलोड गरी आफ्नो क्षेत्रका सूचनाहरू सक्रिय राख्नुहोस, साथै स्थानीय समाचार र आधिकारिक सामाजिक सञ्जालमार्फत नियमित अपडेट हेर्नुहोस, साथीभाइसंग सम्पर्कमा रहंदै सहि सुचनामा लिनुहोस ।
६) आन्तरिक Massenger / Whatsapp ग्रुप बाहेक फेसबुक, नेपाल स्थित अनलाइन मेडिया लगायत सामाजिक संजालबाट कुनै देशलाई उचाल्ने गीराउने वा नेपालमा घर परिवारलाई चिन्तित बनाउने कुनैपनि समाचार / पोष्ट नगर्नुहोस ।
७) . आवश्यक कागजात सुरक्षित राख्नुहोस्:
आफ्नो राहदानी, भिसा कागजात तथा आपतकालीन सम्पर्क नम्बरहरूको सूची सजिलै भेटिने स्थानमा राख्नुहोस ।
८) नेपाली दुतावास, NRNA कार्यसमिति , इजरायलमा कृयाशिल संघ संस्थाहरु, Whatsapp / Massenger ग्रुपहरुसंग सम्पर्कमा रहंदै आफू वा आफ्नो साथीलाई अप्ठ्यारो परिस्थितिमा तुरुन्त सुचना राख्नुहोस ।
९) पहिलो प्राथमिकता आफ्नो सुरक्षा हो तर सुरक्षित रहंदै
अप्ठ्यारोमा परेको जो कोहिलाई सक्दो सहयोग गर्नु हाम्रो मानवीय कर्तव्य पनि हो मनन गर्नुहोस ।
राजन दुवाडी
प्रवक्ता ( 0524372049)
(तथा कार्यसमिति परिवार )
गैर आवासीय नेपाली संघ इजरायल

यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha