मङ्लबार, फाल्गुन १९, २०८२ | March 3, 2026

दक्षिण कोरियामा होलीको रौनक

दक्षिण कोरियामा होलीको रौनक

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन १७, २०८२

  • 100
    Views
दक्षिण कोरियामा होलीको रौनक

-नवीनसञ्चार सम्वाददाता
दक्षिण कोरिया ।

दक्षिण कोरियामा रहनुभएका नेपाली समुदायले उल्लासपूर्वक अन्सानमा आइतबार होली पर्व मनाउनुभएको छ । सनातन साहित्य, सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरिया, मधेशी समाज दक्षिण कोरिया र थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको संयुक्त आयोजनामा होली महोत्सव सम्पन्न भएको हो ।


नेपाली परम्परा, कला तथा संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित समारोहमा रंग अबिर दलेर होली खेलिनुका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । विदेशी भूमिमा पनि नेपालीपन झल्काउँदै, सआयोजित महोत्सवले नेपालीलाई एकतामा बाँध्ने, संस्कृति जोगाउने र नयाँ पुस्तालाई आफ्नो पहिचान सम्झाउने सुन्दर अवसर दिएको थारु कल्याणकारी सभा दक्षिण कोरियाले जनाएको छ।

यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha