शनिबार, फाल्गुन २३, २०८२ | March 7, 2026

निर्वाचनमा आर्थिक चलखेल रोक्नुपर्ने

निर्वाचनमा आर्थिक चलखेल रोक्नुपर्ने

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन १७, २०८२

  • 95
    Views
निर्वाचनमा आर्थिक चलखेल रोक्नुपर्ने
-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।
 फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभाको निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई अवान्छित तरिकाले प्रभावमा पार्न आर्थिक चलखेल लगायतका कार्य भएकोमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चिन्ता व्यक्त गरेको छ ।  यो परिपाटीले भ्रष्टाचारको दलदलबाट देश माथी उठ्न नसक्ने टिआई नेपालले ठहर गरेको छ ।तसर्थ, यस्ता गैरकानुनी तथा भ्रष्टाचारलाई प्रश्रय दिने अपराधिक कार्य भए नभएकोवारे सरकार, निर्वाचन आयोग र सरोकारवालाबाट प्रभावकारी निगरानी तथा निष्पक्ष जाँचबुझ भई कडा कारवाही गरिनुपर्ने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘देशले अकल्पनिय जनधनको क्षती व्यहोरेको पृष्ठभूमिमा हुन लागेको यस निर्वाचनको परिणामले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको जग बसाल्न सक्ने प्रत्याभूती दिन सकोस् भन्ने तर्फ सबैले आआफ्नो कर्तव्यबोध र जिम्मेवारी निभाउन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जोडदार अपिल गर्दछ । ‘-विज्ञप्तिमा भनिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha