-नवीनसञ्चार सम्वाददाता
दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहेका नेपाली श्रमिकलाई पेन्सन दिन कोरियास्थित विभिन्न नेपाली संघसंस्थाले माग गरेका छन्। नेपाल सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै नेपाली श्रमिकको सामाजिक सुरक्षा, पेन्सन लगायतका अधिकार सुनिश्चित गर्न माग गरिएको हो ।नेपाली राजदूतावास को आयोजना साथै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सह-आयोजनामा नेपाली राजदूतावास सउलमा शनिबार सम्पन्न दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच अन्तरसंवाद कार्यक्रममा सो ज्ञापनपत्र बुझाइएको थियो ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा दिपक काफ्लेले ज्ञापनपत्र बुझेपछि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो , नेतृत्वको जापान हुँदै कोरिया आएको प्रतिनिधिमण्डलसँग अन्तरसंवाद गरिएको हो । समारोहमा एनआरएनए दक्षिण कोरिया लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो ।
