बिहिबार, चैत्र ५, २०८२ | March 19, 2026

दक्षिण कोरियाका नेपालीको समस्याको दीर्घकालीन समाधन गर्नुपर्छ : देवी गौतम

दक्षिण कोरियाका नेपालीको समस्याको दीर्घकालीन समाधन गर्नुपर्छ : देवी गौतम

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन १४, २०८२

  • 184
    Views
दक्षिण कोरियाका नेपालीको समस्याको दीर्घकालीन समाधन गर्नुपर्छ : देवी गौतम

नवीनसञ्चार अनलाइनका नियमित पाठक तथा शुभचिन्तक देवी गौतम नेपालको गोर्खा जिल्लास्थित सहिद लखन गाउँपालिका, वडा नं ८ घर भई दक्षिण कोरियाको फुड कम्पनी ख्याङगिदो आन सङ सीमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ, नेपाल गोरखा परिवार दक्षिण, कोरियाका अध्यक्ष समेत रहनुभएका गौतमसँग गरिएको संक्षिप्त कुराकानी :


दक्षिण कोरिया मेरो देश नेपाल, जन्मस्थान, घरपरिवार, गाउँघरको सम्झना अति आउँछ। म दक्षिण कोरिया आएको १३ वर्ष भयो।
दक्षिण कोरिया बसेर काम गर्दा जिम्मेवारीपन, इमानदारिता लगनशीलता धैर्यता को पाठ सिकेको छु । हाल म सामाजिक संस्था नेपाल गोरखा परिवार दक्षिण, कोरियाको अध्यक्षमा रहेर काम गरिरहेको छु। मैले दक्षिण कोरियाबाट पैसाको साथै यहाँको संस्कार र संस्कृतिप्रतिको माया, आफ्नो देश र भाषाप्रतिको प्रेम कस्तो हुन्छ भन्ने कुरा राम्रोसँग बुझेको छु । साथै आफ्नो देश, घरपरिवार, इष्टमित्र बन्धु बान्धवबाट टाढा हुनुपर्दा अत्यन्तै पीडाबोध हुँदोरहेछ। आफ्नै देशमा बसेर सँगै दुःख सुख गर्न पाएको क्षण नै लाख लाख खुसी मिल्दो रहेछ। दक्षिण कोरियामा नेपालीहरूको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ । यहाँ मानसिक रोग, कम्पनी दुर्घटना, सडक दुर्घटना लगायत धेरै कारणबाट दिनप्रतिदिन नेपालीहरुले ज्यान गुमाइरहेको अवस्था छ। यसको ठोस निकासको लागि सम्बन्धित पक्षले बेलैमा समस्या दीर्घकालीन समाधानको लागि पहल गर्नु जरुरी देखिन्छ ।नेपाली दाजुभाइदिदीबहिनी, आफन्त, इष्टमित्र सबैलाई न्यानो माया र सम्झना छ । नवीनसञ्चार अनलाइन दक्षिण कोरिया र नेपाल लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपालीको सुख दुःखको साथी हो । यस अनलाइनको उत्तरोत्तर प्रगतिको कामनाका गर्दछु । एक असल मित्रका रुपमा नवीसञ्चारलाई सदैव प्रेम र सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । नवीसञ्चार अनलाइनमार्फत मेरो धारणा प्रकाशन गरिदनुभएको हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha