सोमवार, चैत्र २३, २०८२ | April 6, 2026

मतदान गर्न साउदीबाट स्वदेश फर्किएका कृष्ण आत्रेयद्वारा आफ्नै निवासमा रास्वपा वडा कार्यालय स्थापना

मतदान गर्न साउदीबाट स्वदेश फर्किएका कृष्ण आत्रेयद्वारा आफ्नै निवासमा रास्वपा वडा कार्यालय स्थापना

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन १४, २०८२

  • 139
    Views
मतदान गर्न साउदीबाट स्वदेश फर्किएका कृष्ण आत्रेयद्वारा आफ्नै निवासमा रास्वपा वडा कार्यालय स्थापना

विराटचोक, मोरङ – वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सुन्दरहरैचा नगरपालिका–५ निवासी कृष्ण आत्रेय आगामी निर्वाचनमा मतदान गर्न तथा राजनीतिक परिवर्तनको अभियानमा सहभागी हुन स्वदेश फर्किएका छन्।

साउदी पुगेको करिब ५० दिनमै उनी नेपाल फर्किएका हुन्। मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुबिना आचार्य लाई मतदान गर्न तथा परिवर्तनको पक्षमा उभिन उनले आफ्नै खर्चमा स्वदेश फर्किएको बताएका छन्।

आत्रेयले मतदानमा मात्र सीमित नभई पार्टी संगठन विस्तारमा पनि सक्रियता देखाएका छन्। उनले सुन्दरहरैचा–५ स्थित वडा कार्यालय अगाडि रहेको आफ्नै निजी निवास “थापा निवास”मा रास्वपाको वडा कार्यालय स्थापना गरेका छन्।

“परिवर्तन अरूले गरिदेला भनेर पर्खनुभन्दा आफैंबाट सुरुवात गर्नुपर्छ भन्ने सोचका साथ म स्वदेश फर्किएको हुँ,” आत्रेयले बताए।

उनको यस कदमलाई स्थानीय युवाहरूले ‘अदम्य साहस’ र ‘परिवर्तनको सच्चा उदाहरण’ भन्दै स्वागत गरेका छन्। सामाजिक सञ्जालमा पनि उनको सक्रियताको व्यापक चर्चा भइरहेको छ। विदेशमा रहेका अन्य नेपालीहरूका लागि पनि यसले स्वदेशप्रतिको जिम्मेवारी बोध गराएको स्थानीयको भनाइ छ।

विगत लामो समयदेखि एउटै अनुहार र कार्यशैलीबाट वाक्क भएका मतदाताहरूका लागि कृष्ण आत्रेयको सक्रियता नयाँ ऊर्जा बनेको स्थानीयले बताएका छन्। व्यक्तिगत स्वार्थभन्दा देशको भविष्य सुधार्ने उद्देश्यले गरिएको यस कार्यले राजनीतिक कार्यकर्ताहरूलाई सकारात्मक सन्देश दिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको प्रतिक्रिया छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha