बिहिबार, फाल्गुन १४, २०८२ | February 26, 2026

दक्षिण कोरियाको हाप्दोकमा चौधरी मृत फेला, परिवार शोकमा

दक्षिण कोरियाको हाप्दोकमा चौधरी मृत फेला, परिवार शोकमा

  • Naveen Sanchar

  • बुधबार, फाल्गुन १३, २०८२

  • 111
    Views
दक्षिण कोरियाको हाप्दोकमा चौधरी मृत फेला, परिवार शोकमा

-नवीनसञ्चार सम्वाददाता
दक्षिण कोरिया ।
दक्षिण कोरियामा वैदेशिक रोजगारीमा जानुभएका कञ्चनपुरको बेलौरी नगरपालिका, वडा नं. ५ का दीपक चौधरी मृत फेला परेपछि उहाँको परिवार शोकमा डुबेको छ । परिवारको कमाएर पाल्ने सदस्य चौधरीको दक्षिण कोरियाको जंगलमा मृत अवस्थामा पार्थिव शरीर भेटिएपछि परिवार , आफन्त र साथीभाइमा शोक छाएको हो । फेब्रुअरी २० देखि बेपत्ता ३५ वर्षीय चौधरीको शव दक्षिण कोरियाको हाप्दोकस्थित आफू बस्ने कोठा नजिकैको जंगलमा फेला परेको थारु कल्याणकारी सभा कोरियाले जनाएको छ । यसैबीच थारु कल्याणकारी सभा, दक्षिण कोरियाका अध्यक्ष डा. सुवास चन्द्र चौधरीले मृतक चौधरीकी पत्नीसँग भर्चुअल माध्यमबाट कुराकानी गर्दै शोकाकुल परिवारजनमा भावपूर्ण समवेदना व्यक्त गर्नुभएको छ । अस्पतालले  पोस्टमार्टमको लागि दक्षिण कोरियास्थित नेपाली दूतावासका प्रतिनिधि लिएर आउनु भनेको उहाँले बताउनुभयो । पोस्टमार्टमपछि घटनाको कारण थाहा हुनेछ ।

चौधरीले कोरियाबाट पठाउनुभएको रकमले उहाँको परिवारको गुजारा चल्दै आएको थियो । यस घटनाले दक्षिण कोरियामा रहेका नेपाली समुदाय समेत स्तब्ध हुनुभएको छ । मृत्युको कारण हालसम्म जानकारीमा आएको छैन । पछिल्लो समय इपिएस प्रणलीमार्फत हजारौँ नेपाल कोरिया जानुभएको छ । नेपाल सरकारले कुटनीतिक पहलमार्फत कोरियामा रहनुभएका नेपालीको सुरक्षा गर्नुपर्ने एक नेपालीले बताउनुभयो ।यस्ता अप्रिय घटना दोहोरिन नदिन कोरियास्थित नेपाली समुदायले माग गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha