– नवीनसञ्चार सम्वाददाता
कीर्तिपुर ।
औषधीसम्बन्धी सेवा तथा ब्यवसाय गर्दै आएको मेडिकेयर फार्मेसीले कीर्तिपुरमा आफ्नो शाखा तथा सेवा विस्तार गरेको छ । काठमाडौंको टोखामा केन्द्रीय कार्यालय रहेको मेडिकेयर फार्मेसीले आईतवारबाट कीर्तिपुरमा शाखा विस्तार गरेको जनाएको छ । एक कार्यक्रमका बच कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले कीर्तिपुर २, गःसि टोलमा खोलिएको शाखाको रिवन काटेर शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा कीर्तिपुर १, २ र १० नम्बर वडाका वडाअध्यक्ष इच्छाकुमार महर्जन, ई. रुपेश महर्जन र नरेश महर्जनलगायत प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी शिव बुढाथोकी र विष्णुदेवी नगर आस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अरुण गौतम लगायतको उपस्थिति रहेको थियो ।