– नवीनसञ्चार सम्वाददाता
दुबई, युएई
पौरखी नेपालीले विदेशमा पनि सशक्त रुपले व्यवसाय सञ्चालन गर्न सक्छन् भन्ने गतिलो उदाहरण बनेको छ फ्लाइ नेपा ट्राभल । कम्पनीले संयुक्त अरब इमिरेट्स (युएई) मा सेवा विस्तार गरेको छ । दुबईमा कार्यालय स्थापनापश्चात् नेपाल र यूएईबीचको भौतिक दूरी कम हुनुका साथै दुई देशबीच आवागमन सहज हुने विश्वास कम्पनीले लिएको छ ।

युएईमा सेवा विस्तारपछि नेपालको पर्यटन प्रर्वद्धन तथा विदेशी मुद्रा आर्जनमा समेत टेवा पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद अधिकारीले बताउनुभयो । कार्यालय उद्घाटन गर्दै अमेरिकाका लागि नेपालका पर्यटन प्रवद्र्धन दूत समेत रहनुभएका सिइओ अधिकारीले मुनाफामात्र नहेरी कम्पनीले सेवाको पवित्र भावनाले प्रभावकारी रुपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।यूएईमा रहनुभएका गैरआवासीय नेपाली तथा स्थानीय समुदायलाई लक्षित गरी दुबईमा कम्पनीको शाखा कार्यालय स्थापना गरिएको हो । कार्यालयले यातायात व्यवस्थापन, होलिडे प्याकेज, होटल बुकिङ, भिसा प्राप्तिमा सहयोग लगायतका सेवा उपलब्ध गराउने जनाएको छ । कार्यालय उद्घाटन समारोहमा सहभागी युएईस्थित नेपाली समुदायले कम्पनीको सफलताको शुभकामना दिनुभएको थियो ।

