सन्दर्भ प्रेम दिवस मुक्तक
जबजब हरेक व्यवधानले खुशी हुने सबै बाटो थुन्छ
तब समस्यामा डुबेकोलाई जिन्दगीको महत्त्व थाहा हुन्छ
न फाल्न न राख्न मिल्ने लाचार जिन्दगीमा कति कुराले
समस्या समाधानको बाटो तय नहुँदा सबको आत्मा रुन्छ ।
२)
नछुट्टिने कसम खाँदै ~ अब प्रिया घर जोड्नुपर्छ
एक अर्काका प्रेमिल जोडी बनि यी अधर जोड्नुपर्छ
सद्भावना, बिस्वास को एक मिजास, प्रेम दिवसमा
हामीले आवश्यकता पुरा गर्न सक्ने रहर जोड्नुपर्छ।
३)
मेरा दु:ख पीडाहरूलाई फाल्ने कोही भएन
धुजाधुजा फाटेको मनलाई टाल्ने कोही भएन
सुख दुःखमा साथ दिन्छु भन्ने हजार भेटिएनि
यो भत्किएको जिन्दगी सम्हाल्ने कोही भएन |
४)
नसोची गरेछु बिहे, अनिश्चित घरबार भयो आमा
समस्या किनारा नलागेर वास समुद्रपार भयो आमा
न त थाहा पाएँ स्वभाव न थाहा पाएँ आनीबानी
छुट्टिनुपर्छ कि भन्ने पिरले जिन्दगी भार भयो आमा ।
सञ्जीवराज जोशी
गुलरिया कञ्चनपुर