शनिबार, फाल्गुन २, २०८२ | February 14, 2026

खामिस मुशैतमा राहदानी नवीकरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

खामिस मुशैतमा राहदानी नवीकरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • शनिबार, फाल्गुन २, २०८२

  • 83
    Views
खामिस मुशैतमा राहदानी नवीकरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नवीन सञ्चार,खामिस मुशैत – नेपाली महावाणिज्यदूतावास, जेद्दा द्वारा आयोजित तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरब अन्तर्गत रहेको एनआरएनए क्षेत्रीय समन्वय समिति जिजान–अभा–खामिस को समन्वयमा राहदानी नवीकरण फाराम संकलन तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

साउदी अरबको दक्षिणी क्षेत्रमा अवस्थित खामिस मुशैत शहरमा २०२६ फेब्रुअरी ०६ शुक्रबारका दिन एक दिने घुम्ती शिविरमार्फत राहदानी नवीकरण फाराम संकलन तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।

उक्त घुम्ती शिविरबाट १४९ जनाको राहदानी नवीकरणका लागि आवेदन संकलन गरिएको थियो भने २० जनालाई बहिर्गमन अनुमति पत्र प्रदान गरिएको थियो।

कार्यक्रमका लागि महावाणिज्यदूतावास, जेद्दाबाट उप–महावाणिज्यदूत यज्ञराज पौडेलको नेतृत्वमा श्रम सहचारी जीवन घिमिरे, जनसम्पर्क सहायक मोहम्मद अताउल्लाह, साथै दिनेश पण्डित, राजु बास्कोटा र सुजन वाग्ले सहभागी थिए। समन्वयमा एनआरएनए पदाधिकारी तथा विभिन्न समाजसेवीहरूको महत्वपूर्ण भूमिका रहेको थियो।

कार्यक्रममा उप–महावाणिज्यदूत यज्ञराज पौडेलले श्रमिक हितका विषयमा दूतावासको भूमिका, श्रमिकको अपेक्षाअनुसार सेवा–प्रवाह तथा स्थानीय संघ–संस्थाहरूले निर्वाह गरिरहेका जिम्मेवारीबारे प्रकाश पार्दै दूतावास सदैव श्रमिकको हक–हितका लागि उपलब्ध साधन–स्रोतको अधिकतम उपयोग गर्दै सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

श्रमिक सचेतना कार्यक्रम अन्तर्गत श्रम सहचारी जीवन घिमिरेले दूतावासबाट प्रदान गरिने सेवा तथा श्रमिकहरूले पालना गर्नुपर्ने विषयहरूबारे प्रस्तुतीकरणमार्फत जानकारी दिए। साथै वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत ग्लोबल आइएमइ बैंक का प्रतिनिधि दीपक गौतमले बैंकिङ सेवा तथा वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरे।

यस कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग पुर्‍याउने एनआरएनए क्षेत्रीय समिति, एनसीसी साउदी अरबका पदाधिकारीहरू, विभिन्न समाजसेवी तथा स्वयंसेवकहरूलाई साप्ताहिक बिदाको दिन समेत सेवाग्राहीको सहजतालाई प्राथमिकता दिँदै अमूल्य समय प्रदान गरेकोमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरब का तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ। साथै आगामी दिनहरूमा पनि यस्तै सेवाभाव कायम रहने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha