आइतवार, फाल्गुन २४, २०८२ | March 8, 2026

जेद्दाको अल खुम्राहमा घुम्ती शिविर सम्पन्न, करिब १०० नेपाली श्रमिक लाभान्वित

जेद्दाको अल खुम्राहमा घुम्ती शिविर सम्पन्न, करिब १०० नेपाली श्रमिक लाभान्वित

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • शुक्रबार, फाल्गुन १, २०८२

  • 116
    Views
जेद्दाको अल खुम्राहमा घुम्ती शिविर सम्पन्न, करिब १०० नेपाली श्रमिक लाभान्वित

नवीनसञ्चार डट कम | जेद्दा | १३ फेब्रुवरी २०२६

नेपाली महावाणिज्यदूतावास, जेद्दा ले गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति, जेद्दा सँगको सहकार्यमा जेद्दाको अल खुम्राह क्षेत्रमा एक दिने घुम्ती शिविर आयोजना गरेको छ।

शिविरमा अबीर मेडिकल ग्रुप को सहयोगमा आएको मेडिकल टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो। उक्त शिविरबाट करिब १०० भन्दा बढी नेपाली श्रमिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

शिविरमा आँखाको जाँच, रक्तचाप तथा सुगर परीक्षण, विभिन्न रोगहरूको परामर्श सेवा उपलब्ध गराइएको थियो। त्यसैगरी, राहदानी सम्बन्धी सेवा तथा भिसा प्रक्रियामा सहजीकरण गरिएको थियो।

कार्यक्रमका क्रममा श्रमिकहरूलाई श्रम कानून, श्रमिक अधिकार तथा वित्तीय साक्षरतासम्बन्धी जानकारी प्रदान गरिएको थियो। साथै, श्रम तथा कन्सुलर विषयमा श्रमिकहरूसँग अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो।

महावाणिज्यदूत एवम् महावाणिज्यदूतावासका अन्य कर्मचारीहरूको उपस्थितिमा सम्पन्न उक्त घुम्ती शिविरबाट नियमित रूपमा महावाणिज्यदूतावासमा उपस्थित भई सेवा लिन असमर्थ नेपाली श्रमिकहरू विशेष रूपमा लाभान्वित भएका छन्।

यस प्रकारका कार्यक्रमहरूले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको स्वास्थ्य सेवा, कानुनी सचेतना तथा कन्सुलर सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha