बुधबार, माघ २९, २०८२ | February 11, 2026

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव–२०८२ को उद्घाटन समारोह सम्पन्न, प्रदर्शन जारी

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव–२०८२ को उद्घाटन समारोह सम्पन्न, प्रदर्शन जारी

  • Naveen Sanchar

  • मङ्लबार, माघ २८, २०८२

  • 15
    Views
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव–२०८२ को उद्घाटन समारोह सम्पन्न, प्रदर्शन जारी

काठमाडौं, माघ २६, २०८२

रुसी सदन र शैली थिएटर नेपालद्वारा आयोजित १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव–२०८२ को उद्घाटन समारोह सम्पन्न भएको छ। यही माघ २६ गतेदेखि फागुन २ गतेसम्म प्रदर्शन हुने उक्त कार्यक्रम रुसी सदन, कमलपोखरी, काठमाडौंमा सञ्चालन भइरहेको छ।

कवि, कथाकार तथा कविडाँडा समाजका अध्यक्ष श्री एल. बी. क्षेत्रीको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा बोल्दै उहाँले राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गरेकोमा आयोजकलाई बधाई दिँदै नाटक समाज, संस्कृति र राष्ट्रिय पहिचानको सशक्त माध्यम भएको उल्लेख गर्नुभयो। नाटककर्मीहरूले विभिन्न कठिनाइका बाबजुद निरन्तर सिर्जनशीलता र समर्पणका साथ योगदान दिँदै आएकोप्रति प्रशंसा गर्दै उहाँले यस्ता कार्यक्रमहरूले युवा पुस्तालाई प्रेरणा दिई नेपाली कला–संस्कृतिको प्रवर्द्धन गर्दै निरन्तरता पाओस् भन्ने कामना व्यक्त गर्नुभयो।

रुसी सदनकी निर्देशक अनास्तासिया खोक्लोभाले रुसी सदनले नेपाल–रूसबीचको सांस्कृतिक सहकार्यलाई निरन्तर प्रवर्द्धन गर्दै आएको र रंगमञ्च सांस्कृतिक आदान–प्रदानको सशक्त माध्यम भएको बताउनुभयो। उद्घाटन अवसरमा मन्तव्य राख्दै उहाँले बाल नाटक महोत्सवले बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र अभिनय क्षमताको विकास गर्दै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई आधार तहबाट सुदृढ बनाएको उल्लेख गर्नुभयो। साथै, आयोजक, कलाकार, प्रशिक्षक, अभिभावक तथा दर्शकप्रति बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गर्नुभयो।

शैली थिएटरका सल्लाहकार, लेखक तथा समालोचक महेश पौड्यालले बाल नाटक केवल अभिनय मात्र नभई बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता, संवेदना र सामाजिक चेतनाको विकास गर्ने सशक्त माध्यम भएको सन्देश दिनुभयो। शिक्षा, संस्कृति र सामाजिक विषयहरूलाई समेट्दै जिम्मेवार र सचेत नागरिक निर्माणमा बाल नाटकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले सहकार्य, निरन्तरता र नवीनतामार्फत बाल नाटकलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अप्रतियोगी बाल नाटक ‘पार्वती’ बाट उद्घाटन सुरु गरिएको उक्त महोत्सवले दर्शकमा थप रौनकता ल्याएको छ। महोत्सवमा फागुन १ गतेसम्म १६ वटा नाटक मञ्चन हुनेछन् भ​ने फागुन २ ग​ते पुर​स्कार​ वित​र​ण र​ स​माप​न स​मारोह हुनेछ।

य​स​ म​होत्स​व​का निर्णाय​कमा र​ङ्ग​कर्मी आशान्त​ श​र्मा, केदार​ श्रेष्ठ र​हेका छ​न्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha