जेद्धा, साउदी अरब नबिन सन्चार
नेपाली महावाणिज्यदूतावास, जेद्धा तथा गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, जेद्धा, साउदी अरबको संयुक्त आयोजनामा “श्रमिक सचेतना, वित्तीय साक्षरता, स्वास्थ्य परीक्षण तथा राहदानी नवीकरण कार्यक्रम–२०२६” आयोजना हुने भएको छ।
उक्त कार्यक्रम २०२६ फेब्रुअरी १३ तारिख, शुक्रबार का दिन अल–खूम्रा, जेद्धा मा सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रम बिहान ११:०० बजेदेखि सुरु हुनेछ।

कार्यक्रममा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूका लागि श्रमिक अधिकार तथा कर्तव्यसम्बन्धी जानकारी, वित्तीय साक्षरता, निःशुल्क स्वास्थ्य परीक्षण तथा राहदानी नवीकरण सेवा प्रदान गरिनेछ।
आयोजक संस्थाहरूले जेद्धा (अल–खूम्रा तथा आसपासका क्षेत्रहरू) मा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई उपलब्ध सेवाबाट लाभ लिन अनुरोध गर्दछौ।
