रियाद नबिन सन्चार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास संगठनअन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरेबियाको दोस्रो अधिवेशन मिति ६ फेब्रुअरी २०२६, शुक्रबार साउदी अरेबियाको रियादमा सम्पन्न भएको छ। अधिवेशनबाट भूपाल भण्डारीको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

अधिवेशनले प्रवासमा रहेका नेपालीहरूको हक, हित र अधिकारको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिक एजेन्डा बनाउँदै संगठनलाई थप सशक्त, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नव–निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा जिम्मेवार र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
अबको कार्यकाल औपचारिकता वा नारामा सीमित नरही परिवर्तनको अभ्यास र नतिजाको परीक्षा बन्नुपर्नेमा जोड दिइएको छ। पार्टीको विधि–विधानलाई अक्षरशः पालना गर्दै प्रवासमा पसिना बगाइरहेका श्रमिक नेपालीहरूको पक्षमा निडर र स्पष्ट भूमिकामा उभिनुपर्ने अपेक्षा गरिएको छ। घोषणापत्र र वाचा–पत्र व्यवहारमा उतार्दै इमानदार, पारदर्शी र जवाफदेही नेतृत्व प्रदान हुने विश्वास व्यक्त गरिएको छ।
नव–निर्वाचित कार्यसमिति
- भूपाल भण्डारी — सभापति
- पद्म ब. थापा क्षेत्री — उप–सभापति
- नर बहादुर खतिवडा — सचिव
- नेत्र न्यौपाने — सह–सचिव
- नारायण प्रसाद भुसाल — कोषाध्यक्ष
- रविन अधिकारी — सदस्य
- युवराज पाठक — सदस्य
- अकल प्रधान – जुवेल — सदस्य
- मिन ब. सुनार — सदस्य
- राजेश परियार — सदस्य
- सुभेष शर्म पण्डित — सदस्य
- लक्ष्मण पुरी — सदस्य
- तिर्थ गौतम — सदस्य
- मनोज लामिछाने थापा मगर — सदस्य
- विटेन्द्र चौधरी — सदस्य

