मङ्लबार, माघ १४, २०८२ | January 27, 2026

एनआरएनए र परराष्ट्रमन्त्री शर्माबीच महाधिवेशनबारे छलफल

एनआरएनए र परराष्ट्रमन्त्री शर्माबीच महाधिवेशनबारे छलफल

  • Naveen Sanchar

  • मङ्लबार, माघ १४, २०८२

  • 19
    Views
एनआरएनए र परराष्ट्रमन्त्री शर्माबीच महाधिवेशनबारे छलफल

नवीनसञ्चार सम्वादाता
काठमाडौँ ।  गैरआवासीय नेपाली संघ(एनआरएनए) र परराष्ट्रमन्त्री बालानन्द शर्माबीच १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा मन्त्रालयमा छलफल भएको छ। संघका अध्यक्ष डा. बद्री केसीको नेत्तृत्वमा एक प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरणबारे जानकारी दिएको हो ।
एनआरएनए प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई संघको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठनको प्रगतिबारे जिज्ञासा राखेको थियो । सो सम्बन्धमा मन्त्रालयको डायस्पोरा डिभिजनले काम गरिरहेको बताइएको छ । एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरिय आयोजक समिति गठन गर्ने व्यवस्था छ। भेटका अवसरमा उपाध्यक्ष डा. हेमराज शर्माले संघको १२औँ महाधिवेशन विशेषतः वहत् एकतापछि आयोजना गर्न लागिएको महाधिवेशन सपन्न गर्न लागेको जानकारी गराउनुभयो । परराष्ट्र मन्त्रालयले तयार गरेको गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा मन्त्रालय र संघले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । यस सम्बन्धमा आवश्यक परिमार्जन गर्न मन्त्रालय र संघले सहकार्य गर्न सकिने बताइएको छ । भेटमा कोषध्यक्ष सुजन थापा, संघका सीइओ राजेन्द्र कुमार राउतको पनि उपस्थिति रहेको थियो  ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha