शनिबार, फाल्गुन २, २०८२ | February 14, 2026

साउदीमा रहेका नेपाली व्यवसायीहरूसँग नेपाली राजदूतावास रियादद्वारा अन्तरक्रिया

साउदीमा रहेका नेपाली व्यवसायीहरूसँग नेपाली राजदूतावास रियादद्वारा अन्तरक्रिया

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • शनिबार, माघ ११, २०८२

  • 333
    Views
साउदीमा रहेका नेपाली व्यवसायीहरूसँग नेपाली राजदूतावास रियादद्वारा अन्तरक्रिया

रियाद, साउदी अरेबिया नबिन सन्चार

साउदी अरेबियामा रहनुभएका नेपाली व्यवसायीहरूसँग नेपाली राजदूतावास, रियादद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २३ जनवरी २०२६ मा प्यालेस सुलेमानिया, रियाद मा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा साउदी अरेबियामा विभिन्न क्षेत्रका व्यवसायमा संलग्न नेपाली व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी व्यवसायीहरूले साउदी अरेबियामा व्यवसाय सञ्चालन गर्दा भोग्नुपरेका समस्या, अवसर तथा चुनौतीहरूबारे आफ्ना धारणा राखेका थिए। साथै, नेपाली व्यवसायी र राजदूतावासबीच आपसी सहकार्य, समन्वय तथा व्यवसाय प्रवर्द्धनका विषयमा विस्तृत छलफल गरिएको थियो।

नेपाली राजदूतावासले साउदी अरेबियामा रहेका नेपाली व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक वातावरण सहज बनाउने तथा आवश्यक परामर्श र सहयोग प्रदान गर्न सदैव प्रतिबद्ध रहने स्पष्ट पारेको छ।

कार्यक्रममा नेपाली राजदूतावास, रियादका तर्फबाट सृजना अधिकारी (कार्यवाहक राजदूत), दिनेश प्रसाद शिवाकोटी (तृतीय सचिव), अम्बर बहादुर नेपाली (द्वितीय सचिव) तथा कविराज उप्रेती (काउन्सेलर) को उपस्थिति रहेको थियो।

कार्यक्रमले नेपाली व्यवसायीहरूबीच आपसी सम्बन्ध मजबुत बनाउनुका साथै नेपाली राजदूतावाससँगको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha