शनिबार, फाल्गुन २, २०८२ | February 14, 2026

लैनचौरमा हिमालयन जाभाको नयाँ आउटलेट

लैनचौरमा हिमालयन जाभाको नयाँ आउटलेट

  • देबी बहादुर सुतार कार्की – नवीन सन्चार

  • शनिबार, माघ ११, २०८२

  • 219
    Views
लैनचौरमा हिमालयन जाभाको नयाँ आउटलेट

काठमाडौं नबिन सन्चार

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राईले काठमाडौँको लैनचौरमा हिमालयन जाभा कफीको नयाँ आउटलेट सञ्चालनमा ल्याएकी छन्। करिब ५ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त आउटलेट उद्घाटन भएसँगै हिमालयन जाभाका कुल आउटलेट सङ्ख्या ८१ पुगेको छ।

उद्घाटन समारोहमा बोल्दै राईले हिमालयन जाभा नेपाली कफी संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल ब्रान्ड भएको उल्लेख गरिन्। उनले आगामी दिनमा नेपालभित्र तथा विदेशमा समेत यसको शाखा विस्तार गर्ने योजना रहेको बताइन्। स्वदेशी लगानी, नेपाली कफी र आधुनिक उद्यमशीलताको संयोजन नै हिमालयन जाभाको मुख्य विशेषता भएको उनको भनाइ थियो।

झन्डै दुई दशकअघि ठमेलको त्रिदेवी मार्गबाट सुरु भएको हिमालयन जाभाले नेपाली कफीलाई आधुनिक क्याफे संस्कृतिसँग जोड्ने उद्देश्य लिएको थियो। आज यो ब्रान्ड देशका प्रमुख सहरहरूसँगै अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार भइसकेको छ। स्थानीय किसानबाट संकलन गरिएका उच्च गुणस्तरका कफी दानाको प्रयोगमार्फत हिमालयन जाभाले नेपाली कफीको पहिचान विश्वस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

हिमालयन जाभामा एस्प्रेसो, अमेरिकानो, क्यापुचिनो, क्याफे लाटे, मोक्का, कोल्ड ब्रु तथा सिङ्गल ओरिजिन नेपाली कफीलगायतका विभिन्न कफी विकल्प उपलब्ध छन्। नेपाली पहाडी क्षेत्रका अर्गानिक कफी दानाबाट तयार गरिने यी कफी स्वाद र सुगन्धका लागि परिचित छन्।

नेपाल र बेलायतमा विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएकी राईको यो लगानीले लैनचौर क्षेत्रमा क्याफे संस्कृतिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। नयाँ आउटलेटले रोजगारी सिर्जना, स्वदेशी उत्पादनको प्रवर्धन तथा नेपाली ब्रान्डको अन्तर्राष्ट्रिय छविलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha