शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

भलाकुसारीको २०२६ को पहिलो बैठक सम्पन्न

भलाकुसारीको २०२६ को पहिलो बैठक सम्पन्न

  • Naveen Sanchar

  • बुधबार, माघ ८, २०८२

  • 29
    Views
भलाकुसारीको २०२६ को पहिलो बैठक सम्पन्न

जेनवरी २०
ह्यारिस्वर्ग पेन्सलभेनिया

लिहाइ ह्युनिबर्सिटीको अनुदानमा बिसिसिपी द्वारा संचालित भलाकुसारीको २०२६ को पहिलो बैठक सम्पन्न भएको छ ।
क्याब (Community Advisory Board ) प्रत्यक्ष रूपमा उपस्थित भएको पाँचौँ बैठक हो । क्याब सदस्य बसुधा रिजाल, केशव बैरागी माइलो ,मानधोज गुरुङ, पूर्ण उप्रेती,पुष्पा राई गुरुङ, भलाकुसारी अनुसन्धान टोलीका तर्फबाट डा. रोशेल फ्राउनफेल्कर,तेज मिश्र,पूजा थापा,रसुका श्रेष्ठ (अनुसन्धान सहायक), रोशन खड्का (इन्टर्न), जर्जिया ब्रम्ली (लेहाइ MPH विद्यार्थी) ,आस्था सिंह (लेहाइ PhD विद्यार्थी) को गरिमामय उपस्थिति रहेको थियो ।

 

स्थानीय समाचार माध्यममा समेटिने विषय नेपाली भाषी समुदायमा भलकुसहरी परियोजनाको प्रवर्द्धनका लागि स्थानीय समाचार माध्यमको प्रयोग हालसम्म प्रकाशित समाचारहरू:
Kendra News
Naveen Sanchar
Bhutan Khabar (Facebook) क्याब सदस्य केशव बैरागी माइलोले (०१/०९/२६) क्याब बैठकलाई स्थानीय समाचार माध्यमका लागि कभर गर्ने सबैको फोटो खिच्न सहमतिका निवेदन गरेका थिए । सबै सहमति जुटेपछी सामान्य अद्यावधिक तथा अनुदान (Grant) प्रगति जस्ता एजेन्डामा छलफल भएको थियो ।

विगतका वर्षमा थुप्रै काम भएका कुरा डा. रोशेल फ्राउनफेल्करले बिस्तारमा जानकारी गराउनु भएको थियो । जस मध्य
सेप्टेम्बर २०२४ – अप्रिल २०२५ मा कर्मचारी नियुक्ति र अभिमुखीकरण कार्यक्रम ,
अप्रिल २०२५ – जुलाई २०२५ मा सहयोगसम्बन्धी विचारमा आधारित ५० गुणात्मक अन्तर्वार्ता
(जेष्ठ नागरिक, हेरचाहकर्ता, स्वास्थ्यकर्मी) यसैगरी
जुलाई २०२५ पश्चात्: अन्तर्वार्ताको ट्रान्सक्रिप्सन तथा अंग्रेजी अनुवाद । परिमाणात्मक अनुसन्धान डिजाइनको तयारी
नोभेम्बर २०२५ मा डा. रोशेल फ्राउनफेल्करद्वारा वासिङ्टन डि.सि मा आयोजित APHA वार्षिक सम्मेलनमा प्रारम्भिक नतिजा प्रस्तुत ।
डिसेम्बर २०२५ मा परिमाणात्मक चरण सुरु भएको थियो ।
साथै आगामी योजनाहरु पनि प्रस्तुत गर्नुभएको थियो ।
अप्रिल २०२६: Society for the Study of Psychiatry & Culture वार्षिक सम्मेलनमा प्रस्तुति दीर्घकालीन अनुसन्धानसँगै छोटो अवधिको सामुदायिक प्रभावमा ध्यान दिने ।
वर्ष २ को प्रगति प्रतिवेदन अप्रिल मध्यतिर बुझाउने
कार्यकर्ता भर्ती तथा दर्ता गरिने । जनवरी – जुलाई २०२६ सम्ममा २०० जेष्ठ नागरिक र उनीहरूले चिनाएका सहयोगी व्यक्तिहरू (जम्मा ४०० जना) तयारी गर्ने ।अन्तर्वार्ताका क्रममा भर्ती समुदाय परिचित भए पनि सम्पर्क विवरण पाउन गाह्रो भइरहेको । गोपनीयता: डाटा सुरक्षित राख्ने विषय सहमति प्रक्रियामार्फत स्पष्ट बुझाइ रहने
शिक्षा, जातीयता, लिङ्गका आधारमा शब्दावली फरक राखिने ।
मानसिक स्वास्थ्यमा कुराकानीको महत्व जोड्ने
तुरुन्त समाधानको अवास्तविक अपेक्षा नबनाउने कुरामा पुजा थापाले बैठकमा स्पष्ट धारणा राख्नु भएको थियो भने डा. रोशेल र तेज मिश्र थप स्पष्ट पार्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha