बुधबार, माघ १, २०८२ | January 14, 2026

नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी

नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी

  • देबी बहादुर कार्की

  • बुधबार, मंसिर ४, २०८२

  • 137
    Views
नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी

काठमाडौं नबिन सन्चार

निर्माताहरुको छाता संस्था नेपाल चलचित्र निर्माता संघको नयाँ नेतृत्व चयनसँगै उदय सुब्बा संघको अध्यक्षमा निर्वाचित भएका छन्। सोमबार काठमाडौंमा सम्पन्न संघको चुनावी साधारण सभामा सुब्बाले आफ्ना प्रतिद्वन्द्वी सुनिलकुमार थापालाई २७ मतको अन्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।

कुल २८० मत खसेकोमा सुब्बाले १५३ मत प्राप्त गरे भने थापाले १२६ मत पाए।

त्यसैगरी, महासचिव पदमा कलाकार तथा *‘पशुपति प्रसाद’*का निर्माता खगेन्द्र लामिछाने विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी किरण नेपाललाई २७ मतले पछि पार्दै १५२ मत प्राप्त गरे भने किरणले १२५ मत पाए।

सचिव पदमा युवराज गिरी निर्वाचित बनेका छन्। उनले १५९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी किसान पोखरेलले ११२ मत प्राप्त गरे।

यसपटक उपाध्यक्ष पदमा *‘दिमाग खराब’*का निर्माता रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चयन भए।

त्यस्तै कोषाध्यक्षमा *‘डिसेम्बर फल्स’*का निर्माता रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए।

संघका सदस्य पदमा पनि ७ जना सर्वसम्मत निर्वाचित भएका छन्।

चुनिएका सदस्यहरू—

चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया, राजकुमार पण्डित।

९ सदस्यका लागि मनोनयन खुला भएकोमा ७ जनाको मात्र आवेदन परेको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha