आइतवार, मंसिर १, २०८२ | November 16, 2025

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कतार शाखा नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण प्रसाद ढकाल

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कतार शाखा नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण प्रसाद ढकाल

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • आइतवार, मंसिर १, २०८२

  • 58
    Views
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कतार शाखा नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण प्रसाद ढकाल

दोहा,कतार : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको चौथो अधिवेशन तथा आठौं बार्षिकोत्सव तथा बिबिध सास्कृतिक कार्यक्रम २०२५” गत शुक्रबार सनैयामा अबस्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनको खुला सत्र शाखाका अध्यक्ष शिवराम ढकालको सभाध्यक्षता तथा शाखा कतारकै संस्थापक अध्यक्ष कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । खुल्लासत्र तथा बन्दसत्र दुई चरणमा सम्पना भएको अधिवेशनको बन्द सत्रबाट निबर्तमान रहनु भएका बरिष्ठ उपाध्यक्ष  कृष्ण ढकाल (स्याङ्जा)को अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

नयाँ बनेको कार्यसमितिमा प्रथम उपाध्यक्ष कृष्ण दर्लामी (पर्वत),द्वितीय उपाध्यक्ष गोविन्द कटुवाल (सुनसरी),महिला उपाध्यक्ष रेश्मी सेन्चुरी (दाङ),सचिव प्रकाश दर्नाल (रामेछाप),महिला सचिव लक्ष्मी कार्की (धनकुटा), सहसचिव बाबु कौशल (बागलुङ),कोषाध्यक्ष गोकुलप्रसाद सापकोटा (कपिलवस्तु) र सहकोषाध्यक्ष पुकार थापा (स्याङ्जा) रहेका छन् ।त्यस्तै कार्यसमिति सदस्यहरूमा क्रमशः राजन परियार (बागलुङ),नयन शर्मा (कास्की),संगीत वि.सी (महोत्तरी),श्याम पाण्डे (चितवन),नारायण देवकोटा(रुपन्देही),सन्तोष विश्वकर्मा (सिराहा),लक्ष्मी प्रसाद सापकोटा (इलाम),बिसन वि.सी (बागलुङ),देव बहादुर विश्वकर्मा (पर्वत),जमुना बि.सी (चितवन),गंगा वि.सी (चितवन),सोम विश्वकर्मा (तनहुँ) तारा वि.सी (बागलुङ),खड्ग बस्नेत (संखुवासभा),गीता भट्टराई (काठमाडौं) र प्रताप मुस्कान (भोजपुर) रहेका छन् ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहित नेपाली गीत संगीतलाई माया गर्ने सयौं नेपालीहरूको उपस्थिति रहेको थियो । अधिवेशनमा बोल्ने बिभिन्न वक्ताहरूले शाखा कतार बैदेशिक शाखामा उत्कृष्ट रहेकोमा बधाई दिँदै,उत्कृष्ट कार्यसम्पादन गरेकोमा प्रशंसा गरेका थिए। अध्यक्ष ढकालको कार्यकालमा संगीत प्रशिक्षण कक्षाहरु समेत सन्चालन गरिएको थियो, जसबाट प्रशिक्षित संगीत साधकहरु ले कतारका साना देखि ठुला स्टेजहरु मा दमदार प्रस्तुतिहरु दिदै आएका छन्,यति मात्र हैन नेपालीमा हुने गरेका ठुला रियालिटी शो हरुमा पनि प्रतिस्पर्धा गरि शाखाको नाम रोशन गरेका छन् । आगामी दिनहरु मा पनि नयाँ बनेको कार्यसमितिले निरन्तरता दिदै अझै प्रभावकारी कार्यक्रमहरु गर्नेछ,भन्ने ठुलो अपेक्षा समेत रहेको छ ।

सचिव कृष्ण दर्लामीले सहजीकरण गरेको कार्यक्रममा तय भएका थुप्रै सांगीतिक प्रस्तुतिहरु समय अभावका कारण पस्किन नपाएको जानकारी दिए । अधिवेशनमा आफ्ना धारणा राख्दै प्रमुख अतिथि बरालले शाखाले प्रमुख अथितिका रुपमा सम्झिएर, अभिभावकत्व प्रदान गरि र प्रतिष्ठान प्रति अझै जिम्मेवारी प्रदान गरेको बताए । नयाँ कार्यसमितिले पनि नेपाली मौलिक गीत संगीतको श्रीवृद्धिमा लाग्ने विश्वास व्यक्त गरे । यस गरिमामय सस्थाको साधारण सदस्य देखि आजीवन सदस्यहरु यो शाखाले अझै बिस्तार गर्ने माथि बिस्वस्त रहेको बताएका छन् । प्रतिष्ठान कतारमा आबद्ध कलाकारले स्वागत गीतद्वारा स्वागत गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्ण ढकालले स्वागत मन्तव्य राखेका थिए । अधिवेशनको खुला सत्रको समापन गर्दै सभाध्यक्ष ढकालले आफ्नो कार्यकलमा संस्थागत सहकार्य गर्नुहुने, साथ-समर्थन गर्नुहुने, विभिन्न काल खण्डमा आर्थिक, भौतिक,  नैतिक, सामाजिक रुपमा सहयोग गर्नुहुने प्रति हार्दिक आभार प्रकट गर्दै उनले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha