शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

ताबुकमा परम्परागत रौनकसहित दिपावली र देउसी–भैलो कार्यक्रम सम्पन्न

ताबुकमा परम्परागत रौनकसहित दिपावली र देउसी–भैलो कार्यक्रम सम्पन्न

  • देबी बहादुर सुतार कार्की मध्यपुर्व संयोजक

  • शनिबार, कार्तिक ९, २०८२

  • 348
    Views
ताबुकमा परम्परागत रौनकसहित दिपावली र देउसी–भैलो कार्यक्रम सम्पन्न

ताबुक, साउदी अरव नबिन सन्चार

गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ताबुक, साउदी अरबद्वारा आयोजित शुभ–दिपावली २०८२ को शुभकामना आदान–प्रदान तथा परम्परागत देउसी–भैलो कार्यक्रम भव्य एवं उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम संघका अध्यक्ष बुद्धि प्रसाद बास्तोला को सभापतित्वमा औपचारिक रूपमा उद्घाटन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा संस्थापक तथा केन्द्रीय सल्लाहकार भक्त बहादुर हमाल उपस्थित रहनु भएको थियो। विशेष अतिथिमा महावाणिज्यदूतावास जेद्दाका अवैतनिक ताबुक प्रतिनिधि, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबका उपाध्यक्ष तथा आर.सी.सी. ताबुकका प्रमुख सल्लाहकार अर्जुन थापा, महावाणिज्यदूतावास जेद्दाका अवैतनिक ताबुक प्रतिनिधि, गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार नर बहादुर खतिवडा, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबका सदस्य तथा आर.सी.सी. ताबुकका सल्लाहकार युवराज पोखरेल, र गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकका उपाध्यक्ष ओम थापा उपस्थित रहनु भएको थियो। कार्यक्रम युवा संयोजक शक्ति भट्टले संचालन गर्नुभएको थियो।

यस अवसरमा आर.सी.सी. ताबुक साउदी अरबका वर्तमान तथा निवर्तमान पदाधिकारी, सदस्यहरू साथै ताबुक र आसपासका क्षेत्रमा कार्यरत दिदीबहिनी तथा दाजुभाइहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

नेपाली संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यका साथ सामूहिक रूपमा मौलिक ढंगले देउसी–भैलो प्रस्तुत गरिएको थियो, जसले प्रवासी भूमिमा पनि नेपालीपनको मिठास र मौलिक पहिचानलाई झनै उजागर गर्‍यो। कार्यक्रमका संचालकको आकर्षक देउसी–भट्याउने शैलीले कार्यक्रमको रौनक थप उचाइमा पुर्‍याउँदै उपस्थित सबैलाई विशेष उत्साह र आनन्दको वातावरणमा जोडेको थियो।

95dabb77-ca95-4649-9939-6143e7ec9139

सांगीतिक प्रस्तुतिमा स्थानीय कलाकारहरू—शक्ति भट्ट, युवराज पोखरेल, वीरेन्द्र चौधरी, जानकी सुनुवार आदिको मनमोहक प्रस्तुतीले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो। त्यस्तै, सहभागीहरूको लागि प्रस्तुत गरिएको नेपाली परम्परागत सेल रोटी को स्वादले स्वदेशको झल्को दिलाउँदै वातावरणलाई आत्मीय र संस्कारिक रूपले अझ समृद्ध बनाएको थियो।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण टिमप्रति संघको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै, कार्यक्रमको प्रशासकीय संयोजन तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका देबी बहादुर कार्की प्रति विशेष आभार प्रकट गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha