काठमाण्डौ – संगीतकार टंक बुढाथोकी निर्देशित नेपाली चलचित्र ‘मन बिनाको धन’ आगामी कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) बाट देशभर प्रदर्शनमा आउने भएको छ।
चलचित्र गायक अशोक दर्जी को वास्तविक जीवनकथामा आधारित छ। उनले ८ वर्षअघि सार्वजनिक भएको डेब्यु गीत “मन बिना को धन ठूलो कि धन बिना को मन” मार्फत राष्ट्रिय पहिचान पाएका थिए। हाल उनी कक्षा ९ मा अध्ययनरत छन्।
चलचित्रमा सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सपकोटा, बुद्धि तामाङ र रबिन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ। पटकथा तथा संवाद शिवम् अधिकारी र संगीत टंक बुढाथोकी ले तयार गरेका हुन्।
निर्माता: विष्णु माया मैनाली
कार्यकारी निर्माता: सपना शर्मा
सह-निर्माता: जी.पी. संग्रौला, बिबेक नेपाल, विजय पाण्डे
निर्देशक टंक बुढाथोकीले दर्शकप्रतिको कृतज्ञता व्यक्त गर्दै भनेः
“मान्छेहरूले भन्न त भनेका थिए — ३ महिनापछि तिमीलाई छाड्छ भनेर… तर आज अशोक जहाँ छन्, त्यो दर्शकहरूको माया, हौसला र साथकै कारण सम्भव भएको हो। पहिलो गीत ‘मन बिनाको धन’ ले ल्याएको परिवर्तन अब ठुलो पर्दामा देखिन लागेको छ।”
चलचित्र ‘मन बिनाको धन’ यही कार्तिक २१ बाट प्रदर्शनमा आउने छ।