शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

गण्डकी प्रदेशद्वारा दशैँ, तिहार, छठ, नेपाल संवत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न:

गण्डकी प्रदेशद्वारा दशैँ, तिहार, छठ, नेपाल संवत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न:

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • शनिबार, कार्तिक २, २०८२

  • 477
    Views
गण्डकी प्रदेशद्वारा दशैँ, तिहार, छठ, नेपाल संवत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न:

दोहा कतार: गण्डकी प्रदेश समन्वय परिषद, कतारको गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सस्थाहरु को संयुक्त आयोजनामा बडादशैँ, शुभ-दिपावली, नेपाल संवत र छठ पर्वका अवसरमा “बृहत् सांस्कृतिक एवम शुभकामना आदानप्रदान कार्यक्रम २०२५”  भव्यताका साथ सम्पन्न भएको छ ।

सनैयामा अबस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा १७ सेप्टेम्बर, शुक्रबारका दिन प्रदेशका अध्यक्ष नन्दलाल विश्वकर्मा(अजय) को अध्यक्षतामा, दोहामा स्थापित संघ सस्थाहरु को उल्लेखनीय उपस्थितिमा रहेको कार्यक्रममा, बुद्दिजिबी, समाजसेवी, पत्रकार, खेलाडी, कलाकार एवम गण्डकीवासी तथा गैर-गण्डकीवासीहरु को बाक्लो उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेश अन्तर्गतका सक्रिय जिल्ला संस्थाहरु, स्याङ्गजा, कास्की, बाग्लुङ,पर्वत,म्याग्दी,तनहुँ,लमजुङ, गोरखाले  संयुक्त आयोजना गरिएको कार्यक्रम हरेक वर्ष जस्तै पृथक ढंगले संचालन गरिएको थियो । नेपालीहरु को महान पर्वहरु एकैसाथ, एकै छाना मुनि, घरदेशको तिर्सना मेटाउन देउसी भैलो खेलेर, गण्डकी प्रदेशको सेरोफेरोमा गुन्जिने संगीत र साँगीतिक प्रस्तुतिहरु ले  सभाहल गुन्जायमान बनाएको थियो । गण्डकी क्षेत्रलाई कला, गित, संगीतको उद्गमस्थल र उर्भर भुमि मानिन्छ । सोहीअनुसार प्रत्येक जिल्ला संस्था अन्तर्गतका कलाकाहरुले जिल्लाको पहिचान झल्काउने दमदार प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

महिला तथा पुरुषहरु का लागी बस्ने सिटहरु अलक अलक छुट्टैइएको थियो । कार्यक्रममा अथिति तथा   सहभागीहरु लाई क्रमसंख्याका आधारमा अन्तिमसम्म उपस्थित रहेनेलाई गोला-प्रथाद्वारा बिजेता छानी  प्रदेशका उपाध्यक्ष द्वय कल्याण थापा र अजुन संग्रौलाले  पुरस्कार प्रदान गरेका थिए। प्रमुख अथितिका रुपमा आसिन प्रदेशका संरक्षक  आश बहादुर गुरुङले प्रदेशले दिएको माया अनि अभिभावकत्वले आफु लाई थप जिम्मेवारीको महशुस गराएको र संस्थालाई अझै जुझारु तथा चुस्तदुरुस्त राख्न आफु हरदम प्रयासरत रहने बताएका छन् ।

प्रदेशका बरिष्ठ उपाध्यक्ष एवम कार्यक्रम संयोजक रोशन अर्यालले कार्यक्रममा वक्ताहरु ले बोल्ने क्रममा कार्यक्रमको बिषय बस्तु माथि मात्र रहेर शुभकामना मन्तब्य राखेका अथितिहरु प्रति  सम्मान तथा आभार प्रकट गरेका छन् । कार्यक्रमको सहजीकरण प्रदेशका महासचिव मन प्रसाद राना मगरले गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha