शनिबार, फाल्गुन ३०, २०८२ | March 14, 2026

ताबुकमा शुभ दीपावली–२०८२, शुभकामना आदान–प्रदान तथा देउसी–भैलो कार्यक्रम हुने

ताबुकमा शुभ दीपावली–२०८२, शुभकामना आदान–प्रदान तथा देउसी–भैलो कार्यक्रम हुने

  • देबी बहादुर सुतार कार्की

  • शुक्रबार, कार्तिक १, २०८२

  • 447
    Views
ताबुकमा शुभ दीपावली–२०८२, शुभकामना आदान–प्रदान तथा देउसी–भैलो कार्यक्रम हुने

ताबुक, साउदी अरब नबिन सन्चार

गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ताबुक (NRNA, RCC, Tabuk, KSA) ले आगामी अक्टोबर २४ गते, शुक्रबारका दिन ‘शुभ दीपावली–२०८२, शुभकामना आदान–प्रदान तथा देउसी–भैलो कार्यक्रम’ आयोजना गर्ने भएको छ।

कार्यक्रम ताबुकस्थित मदिना रोडमा हुने भएको छ।

संघका अनुसार सो कार्यक्रमको उद्देश्य प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्नुका साथै नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्‍याउनु रहेको छ।

दीपावलीको अवसरमा आयोजना हुने उक्त कार्यक्रममा देउसी–भैलो, शुभकामना आदान–प्रदान, सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने बताइएको छ।

संघले ताबुक र आसपास क्षेत्रका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो सल्लाह–सुझाव र साथ–सहयोग प्रदान गर्न हार्दिक अनुरोध गरेको छ।

संघले शुभ दीपावली–२०८२ का अवसरमा सम्पूर्ण नेपाली समुदायलाई शान्ति, समृद्धि र खुशीका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha