शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

जेद्दामा गैरआवासीय नेपाली संघद्वारा देउसी–भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने

जेद्दामा गैरआवासीय नेपाली संघद्वारा देउसी–भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने

  • देबी बहादुर सुतार कार्की मध्यपुर्व संयोजक

  • शुक्रबार, कार्तिक १, २०८२

  • 426
    Views
जेद्दामा गैरआवासीय नेपाली संघद्वारा देउसी–भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने

जेद्दा, साउदी अरब नबिन सन्चार

गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति (NRNA, RCC, Jeddah, KSA) ले आगामी अक्टोबर २४, शुक्रबारका दिन ‘शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम – २०२५’ आयोजना गर्ने भएको छ।

संघका अनुसार सो कार्यक्रम लक्की दरबार रेस्टुरेन्ट, सरफिया, जेद्दामा दिउँसो १२:०० बजेबाट सुरु हुनेछ।

कार्यक्रममा जेद्दा तथा आसपास क्षेत्रका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई नेपाली संस्कृति, कला र परम्पराको संरक्षणमा हातेमालो गर्न हार्दिक निमन्त्रणा गरिएको छ।

संघले प्रत्येक वर्ष तिहार पर्वको अवसरमा यस्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

लोकेशन

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha